आज आइतबार नेपाली महिलाहरुको महानपर्व हरितालिका तीज । तीज पर्वमा गीत संगितको विशेष महत्व हुने गर्दछ । पहिले पहिले समाज खुला नभइसकेको अवस्थामा महिलाहरुलाई समाजको दोस्रो दर्जामा राखिन्थ्यो । उक्त समयमा महिलाहरुले आफ्नो दुःख पीडा बिसाउने वा भुलाउने माध्यमका रुपमा तीज गीत गाउने गर्दथे । तर अहिले समाज खुल्ला भइसकेको छ अर्थात यो भनौ समाजमा पुरुष र महिलाबीचको भिन्नता करिब हटिसकेको छ ।
त्यसैले पनि होला पछिल्ला बर्षका तीजका गीतहरु पनि सासु, ससुरा, नन्द, जेठानी र श्रीमानले दिएको दुखको विषयमा खासै तीज गीतहरु बाहिर आएका छैनन् । त्यसैले त तीज पर्व सुरु हुनुपूर्व नै तीज विशेष गीत हरुको रेकर्ड गरिन्छन् र केही दिन भित्रमा नै भिडियो समेत सार्वजनिक हुन्छ । तीज नजिकँदै गर्दा झण्डै २ सयको आसपासमा तीज गीतहरु सार्वजनिक हुने गर्छन । त्यस मध्ये केहीले मात्र सफलताको स्वाद चाख्न पाएका हुन्छन् ।
यस बर्ष युट्युव भियोर्सका आधारमा उत्कृष्ठ पाँचमा पर्न सफल गीत यस्ता छन्ः
१. लाष्टै चोटी हो
पोई चाहियो भन्ने गीत गाएर चर्चामा आएकी गायिका कोमल ओली यसवर्ष पनि पोइकै गीत गाएर चर्चामा छिन् । पशुपति शर्मासँग तयार गीतमा उनले गीतमा पोई ‘चाहियो भन्ने अन्तिम पटक हो’ भनेकी छिन् । पशुपति शर्माको शब्द संगितमा तयार भएको गीतको भिडियोलाई बब्बु थापाले निर्देशन गरेका छन् । करिब २ महिना डेढ महिना अघि युट्युवमा सार्वजनिक गरिएको यो गीत यो समाचार तयार पार्दासम्म २१ लाख १० हजार ६ सय १० जनाले हेरिसकेका छन् ।
२. दुम्सी काँडे जुँगा
आफ्नो अश्लिल क्रियाकलापका कारण चर्चामा आउने गायिका ज्योती मगर सर्वाधिक हिट तीज गीतको दुम्सी काँडे जुँगा दोस्रो नम्बरमा परेको छ । एकनारायण भण्डारीको शब्दमा तयार गीतमा ज्योतिले अभिनय गरेकी छिन् ।
शंकर बिसिको निर्देशनमा तयार पारिएको भिडियोलाई एक महिना अघि युट्युवमा पोष्ट गरिएको हो । यस गीतलाई यो लिष्ट तयार पार्दासम्म १२ लाख ४१ हजार ७ सय २६ जनाले हेरिसकेका छन् ।
३. बत्ति बाल्नै पर्दैन
पशुपति शर्मा र सम्झना भण्डारीको बत्ति बाल्नै पर्दैन युट्युवमा हिट तेस्रो स्थानमा परेको छ । पशुपति शर्माको शब्दमा तयार भएको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । यस गीतको भिडियो करिब दुई महिनाअघि युट्युवमा सार्वजनिक गरिएको थियो । यो गीतलाई हालसम्म १२ लाख २१ हजार ७ सय १६ पटक हेरिसकिएको छ ।
४. बुहारी सुत्केरी भईछे
यो बर्षको सुपरहिट तीज गीतको सूचीमा बुहारी सुत्केरी भईछे बोलको भिडियो चौथो नम्बरमा रहेको छ । पशुपति शर्मा र शान्ति श्री परियारको संयुक्त स्वर रहेको गीतमा पशुपति शर्माको पशुपति शर्माको शब्द रहेको छ । बुहारी दुर्गा पौडेलको निर्देशनमा तयार भएको गीतलाई समाचार तयार पार्दासम्म लिष्ट तयार पार्दासम्म ११ लाख ६५ हजार २ सय ३३ जनाले हेरेका छन् ।
५. पंखा चलाईदेउ
लोडसेडिङलाई व्यङ्ग्य गरिएको यो गीतमा रमिला न्यौपाने र खुमन अधिकारी को स्वर रहेको छ । बाबुराम बोहोराको शब्द रहेको यो गीतको भिडियोलाई शंकर बिसिले निर्देशन गरेका छन् । यो गीतको हातसम्म समाचार तयार पार्दासम्म ९ लाख ५५ हजार २ सय ८३ जनाले हेरेका छन् ।