नायिका केकी अधिकारीले अभिनय गरेको एक सर्ट फिल्म अहिले निकै भाइरल बनेको छ । ‘सावित्री’ नामक सर्ट फिल्मलाई अहिलेसम्म यूटयुबमा ८० हजारले हेरिसकेका छन् । कथाकार भवानी भिक्षुको कथा ‘द टाइपिस्ट’ मा आधारित सावित्रीले मध्यमवर्गीय परिवारको परिवेशलाई जस्ताको तस्तै प्रस्तुत गरेको छ । सावित्रीको मनोदशा मार्फत निर्देशक सुजित बिडारी मनोबैज्ञानिक कथानक प्रस्तुत गर्न सफल भएका छन् । सर्ट फिल्म सावित्रीमा केकी अधिकारीले नै सवित्रीको भुमिका निर्वाह गरेकी छिन् ।
सावित्री उर्फ केकी अधिकारी र उनका श्रीमान एक कोठामा बस्ने गर्छन । केकीका श्रीमानले काम पाइरहेका हुँदैनन् भने केकी एक छापाखानामा टाइपिस्टको काम गर्छिन । अफिसको हार्फटाइममा फिल्मकी कलाकार मञ्जु देवकोटासँग केकी चिया पसलमा प्राय जसो खाना खाने गर्छिन । खाजा खाने क्रममा एक व्यक्तिलाई उनी मनपराउँछिन् तर व्यक्त गर्न भने सक्दिनन् । उक्त व्यक्तिले पनि केकीलाई मन पराएको नजरले हेर्छन तर यि दुईको कुनै पनि कराकानी हुँदैन । त्यसैले केकी आफ्नो श्रीमानसँग पनि टाढाको सम्बन्ध बनाइरहेकी हुन्छिन्, त्यसपछि सर्ट फिल्म सावित्रीमा निकै मज्जाको ट्विस्ट आउँछ । सावित्रीमा केकीसँगै, मञ्जु देवकोटा, दिपेश भण्डारी, राज शर्मालगायत कलाकारको अभिनय रहेको छ । सुमन निधि शर्माले खिचेको चलचित्र सावित्री दृश्य र ध्वनी संयोजनको हिसाबले पनि राम्रो बनेको छ । तीन वर्ष अघिको एकादेशमा फिल्म फेस्टिवलमा उत्कृष्ट चलचित्रको पुरस्कार पाएको सावित्री अहिले यु ट्युवमार्फत सार्वजनिक गरिएको छ ।