सुनिल सेट्ठीलाई भारतमा अन्ना भनेर बोलाइन्छ । उनको अभिनय आफैंमा पनि निकै भिन्न छ । यसका साथै उनलाई सफल व्यवसायी पनि हुन् । उनी व्यवसायका साथै खेललाई पनि महत्व दिन्छन् । यसका साथै उनी थुप्रै सामाजिक कार्यमा पनि निकै सक्रिय छन् । सुनिल सेट्ठीको सन् १९९२ मा रिलिज भएको पहिलो फिल्म सुपरहिट रह्यो । यसका साथै ‘मोहरा’, ‘दिलवाले’ र ‘गोपी किशन’ को सफलताले सुनिलको सफलताले आकाश छोएको थियो । केही बर्ष देखी सुनिलको फिल्म नचले पनि वा उनले फिल्ममा कम काम पाएता पनि उनी हरेक वर्ष करोडौ कमाउने गर्छन । सुनिल शेट्टी मिस्चीफ डाइनिङ्ग बार र एचटुवको मालिक हुन् । मुम्बईमा यसको कयौं ब्रान्च समेत छन् । सुनिलले आफ्नो विजनेश करिब एक दशकभन्दा पहिला देखी सुरु गरेका थिए । क्लब एचटुव सेलिब्रेटीको साथ–साथ अन्यमाझ पनि त्यतिक्कै फेमस छ । यसको लन्च आइलेन्ड आइस्ड निकै चर्चित छ । बार एण्ड क्लबको अलवा उनको आफ्नै प्रोडक्शन हाउस पनि छ । जसको नाम हो पपकोर्न इन्टरटेन्मेन्ट । कर्नाटकको उडुपीसहित धेरै देशहरुमा उनको होटल र रेस्टुराँहरु छन् । यसको अलवा उनको आफ्नै बुटक र कपडाको आफ्नै रेन्ज निकाल्ने गर्छन ।