बलीउड अभिनेत्री सन्नी लियोन क्यानडियन अभिनेत्री तथा मोडल हुन् । सन्नीले सन् २०१२ मा जिस्म २ बाट बलीउडमा पाइला टेकेकी थिइन । सन्नीले जिस्म २ मा दिएको हट सिनहरुले खुबै चर्चा पाएका थिए । सन्नी लियोन चाँडै आयोजना हुन लागेको न्यूयोर्क फेशन विकमा देखिदैछिन् । उनी चर्चित डिजाइनर अर्चना कोचरको लागि र्याप वकमा उत्रिदैछिन् । उक्त फेशन विक ८ देखी १५ सेप्टेम्बरसम्म चल्नेछ । सनीले आइतबार एक ट्विट गर्दै भनेकी छिन् म निकै उत्साहित छु । सपना साकार हुँदै गएको छ । म ८ सेप्टेम्बरमा अर्चना कोचरको ओपनिंग शोको लागि न्यूयोर्क फेशन विक एसएस १७ मा र्याम्प वक गर्दै छु । बलीउडमा बढी जसो चर्चा र विवादमा रहिरहने नायिका सन्नीका अधिकांश चलचित्रहरु सफल छन् ।