७३ औं भेनिस फिल्म फेस्टिभल २०१६ मा दयाहाङ राई अभिनित नेपाली चलचित्र ‘ह्वाइट सन’ प्रिमियर भएको छ । प्रिमियरमा चलचित्रका नायक दयाहाङ राई र आशा मगराती उपस्थित भएका थिए । मंगलबार इटालीमा भएको भेनिस फिल्म फेस्टिभलमा चलचित्र ह्वाइट सन प्रदर्शन भएपछि केही हलीउड पत्रिकाहरुले अर्गानिक चलचित्र रहेको भन्दै समाचार प्रकाशन गरेका छन् । चलचित्रको प्रिमियरमा दयाहाङ छोटो कपाल, कालो कोट, निलो जिन्स पाइन्ट र कालो सुजमा देखिँदा नायिका आशा भने निलो रंगको वानपिसमा देखिएकी थिइन । गत बर्ष यही फिल्म फेस्टिभलबाट नेपाली चलचित्र कालो पोथीले अवार्ड हात पारेको थियो । ५५ फिचर चलचित्र प्रदर्शन हुने फेस्टिभलमा नेपाली चलचित्र ह्वाइट सनको पनि मंगलबार प्रिमियर गरिएको हो । यदी अन्य चलचित्रभन्दा उत्कृष्ट चलचित्र ह्वाइट सन ठहरिएमा चलचित्रले अवार्ड हात पार्नेछ । अचलचित्रमा दयाहाङ राइको साथमा देशभक्त खनाल, दिपक क्षेत्री, रविन्द्र बाँनिया, आशा मगरातीको मुख्य भूमिका छ ।