चिन सरकारको निमन्त्रणमा चिनको राजधानी बेइनिजङमा आजबाट सुरु भएको निर्देशकहरुको सेमिनारमा नेपालबाट निर्देशक निरक पौडेलले सहभागीता जनाएका छन् । मिनिष्ट्री अफ कमर्श रिपव्लिक अफ चाइनाको आर्थिक सहयोगमा स्टेट एड्मिनेष्टेशन अफ प्रेसको आयोजनामा हुन लागेको सेमिनार फर डिरेक्टरमा नेपालको तर्फबाट निरक पौडेलले उपस्थिती जनाएका छन् । उनी यो सेमिनारमा सहभागी हुन सोमबार साँझ चीन प्रस्तान गरेका थिए । उक्त सेमिनारमा चिन, केन्या, श्रीलंका, नेपाल लगायतका २० देशका निर्देशकहरु सहभागी छन् । उक्त सेमिनारमा नेपालको सहभागीता यो पहिलो पटक हो । सेप्टेम्बर ७ बाट शुरु हुने सेमिनारमा चलचित्रका बिभिन्न पक्षहरु बिच सहभागीहरुले छलफल हुनेछ । खासगरि उक्त सेमिनारमा इन्टरनेशनल मिडिया वर्कशप, प्रोड्युसर अफ डकुमेन्ट्री एण्ड क्रस कल्चर कम्युनिकेशन, मल्टीनेशनल को–अपरेशन, मल्टिमिडिया इन्ट्रीग्रेसन एण्ड कोलाब्रेसन इन फिल्म इण्डष्ट्री लगायतका शिर्षकहरु २० देशका निर्देशकहरु बिच छलफल हुनेछ । निरकले अहिलेसम्म ‘कुसुमे रुमाल २’ र ‘हामेवर्क’ चलचित्र निर्देशन गरिसकेका छन् ।