भारतीय क्रिकेटका सबैभन्दा सफल कप्तान महेन्द्रसिंह धोनीको कहानीमा आधारित ‘एमएस धोनी द अनटोल्ड’ फिल्मले रिलिजअघि नै ६० करोड भारतीय रुपियाँ आम्दानी गरिसकेको छ। कूल ८० करोडको खर्चमा बन्न लागेको यो फिल्मले रिलिजअघि नै चर्चा बटुलेको छ। निरज पाण्डेको निर्देशनमा बन्न लागेको फिल्मको ट्रेलरको खुब प्रसंसा भएको थियो। फिल्म ३० सेप्टेम्बरमा रिलिज हुँदैछ। फिल्मको ४५ करोडको आम्दानी सेटलाइट राइट्सबाटै उठिसकेको छ। १५ करोड रुपियाँ फिल्म निमार्णका क्रममा जुडेका विभिन्न ब्रान्डबाट उठेको बताइएको छ। फिल्म निमार्णमा खर्च भएको बाँकीको २० करोड उठाउन कुनै समस्या नरहेको निमार्ण संस्थाले बताएको छ। रिलिज अगाडि फिल्मको दुई गीत ‘बेसब्रिया’ र ‘कौन तुझे’ को चर्चित भइसकेका छन्।