सिनेमा सर्कल नेपालले आयोजना गरेको ‘एलजी फिल्म अवार्ड’ वुधबार आर्मी अफिसर क्लबमा सम्पन्न भएको छ । उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यता र बलीउड अभिनेता शत्रुघन सिन्हाको विशेष उपस्थितीमा आयोजना भएको एलजी फिल्म अवार्ड २१ विधामा वितरण गरिएको छ । एलजी फिल्म अवार्डमा नायिका नम्रता श्रेष्ठले ‘क्लासिक’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पार्दा उत्कृष्ट नायकको अवार्ड भने ‘कबड्डी कबड्डी’ बाट दयाहाङ राईले पाएका छन् । उध्द्धव राज भट्टराई (जुँगे भट्टराई) लाई ५१ हजार नगद राशीसहित आइफ टाइम अचिभमेन्ट प्रदान गरिएको अवार्डमा चलचित्र ‘प्रेम गीत’ ले ४ विधामा अवार्ड पाउँदा ‘क्लासिक’ ले ३, ‘भैरव’ ले ३ र वडा नम्बर ६ ले २ विधामा अवार्ड हात पारेको छन् । त्यस्तै उत्कृष्ट फिल्मको अवार्ड ‘पशुपति प्रसाद’ को पोल्टोमा पर्दा उत्कृष्ट निर्देशकको अवार्ड पनि ‘पशुपति प्रसाद’ बाटै निर्देशक दिपेन्द्र के. खनालले हात पारेका छन् । अवार्ड कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरलाई ‘डिकेड अफ द् इयर’ बाट सम्मानित गरिएको थियो ।
यस्तो छ २१ विधामा वितरण गरिएको ‘एलजी फिल्म अवार्ड’ जित्नेको नामावली :-
The Best Poster of the Year
भैरव (सुन्दर श्रेष्ठ) वडा नं. ६ (सुन्दर श्रेष्ठ)
The Best Trailer of the Year
भैरव ( शाहिल खान)
The Best Stunt of the Year
भैरव – सिम्पसन तामाङ
The Best On-screen Couple of the Year
प्रेमगीत (प्रदिप खड्का– पुजा शर्मा)
The Best VFX of the Year
(अच्युत गजुरेल) : च्याम्पियन
The Best Colorist of the year
क्लासीक (अनन्त घिमीरे)
The Most Popular Song of the Year
सुर्के थैली……. (वडा न. ६)
The Best Background Score of the Year
प्रेमगीत (एलीस कार्की )
The best screenplay of the Year
पशुपति प्रसाद (खगेन्द्र लामीछाने)
The best editor of the year
क्लासिक (सुरेन्द्र पौडेल )
The Best Cinematographer of the year
ड्रिम्स ( पुरुषोत्तम प्रधान, संञ्जय लामा)
The Best Action Coordinator of the year
भैरव ( हिमाल केसी) लुटेरा
The Best Music Director of the year
म यस्तो गित ……. (प्रेमगीत : अर्जुन पोखरेल)
The Best Choreographer of the year
म यस्तो गित… (प्रेमगीत : रेनेशा राई)
The Most Popular Actor (Female) Of the Year
-रेखा थापा
The Most Popular Actor (Male) Of the Year
-अनमोल केसी
The Best Actor of the year (Male)
कवड्डी कवड्डी (दयाहांग राई)
The Best Actor of the year (Female)
क्लासीक (नम्रता श्रेष्ठ)
The Best Director of the year
पशुपति प्रसाद (पशुपती प्रसाद)
The Best Film of the year
पशुपती प्रसाद