बलिउड अभिनेत्री प्रियंका चोपडाले अन्तर्राष्ट्रिय म्यागजिन ‘जी क्यू’ का लागि निकै हट फोटो सुट गराएकी छन् । यो फोटोमा शरीरको माथिल्लो भाग नाङ्गिए पनि उनले स्तनलाई सलले छेकेकी छन् । ‘जी क्यू’ म्यागजिनका लागि प्रियन्काको खिचाएका बोल्ड तस्बिरहरु मध्ये तीन वटा मात्र सार्वजनिक भएका छन् । सन् २००० की विश्व सुन्दरी प्रियंका यतिबेला हलिउडमा टेलिसिरियल ‘क्वान्टिको’को दोस्रो श्रृंखला र फिल्म ‘बेचाव’को सुटिङमा व्यस्त छिन् ।