कट्रिना कैफले बलीउडमा पाइला टेकेको १५ बर्ष भइसकेको छ । यो अवधीमा उनले ८ बर्ष सलमान खानसँग प्रेम सम्बन्ध विताएकी थिइन । त्यसपछि ६ बर्ष रणवीर कपुरसँग । पछिल्लो समय उनका जसरी चलचित्रहरु असफल हुँदै आएका छन्, त्यसरी नै उनी प्रेम सम्बन्धमा पनि असफल सावित हुँदै आएकी छिन् । सलमानसँग प्रेम सम्बन्ध टुटाएपछि गत जनवरीमा पनि उनले रणवीर कपुरसँग प्रेम सम्बन्ध टुटाएकी थिइन । कट्रिनाले रणवीरसँग फेरि सम्बन्ध स्थापित गर्न कोसिस नगरेकी होइनन् तर रणवीर भने कट्रिनाबाट टाढा रहन नै चाहे । तर, यस बे्रकअपले रणवीरलाई मानसिक र आर्थिक क्षति पु¥याएको छ । मुम्बई कार्टर रोडस्थित पेन्टहाउसमा रणवीर र कट्रिना सँगै बस्थे । त्यसको डिपोजिट अमाउन्ट रणवीरले भरेका थिए । महिनाको १५ लाख भारु भाडा पर्ने त्यस घरको इन्टेरियरका लागि कट्रिनाले साउथ अफ्रिका र अन्य ठाउँबाट सपिङ गरेकी थिइन् । त्यो खर्च पनि रणवीरले नै तिरेका थिए । इन्टेरियरमा मात्रै पाँच करोड खर्च गरिएको थियो । सुविधा र सजावटको अन्य खर्च बेहिसाब छ । सँगै बस्दा पेरिस, लन्डन, न्युयोर्कमा घुम्न जाँदाको खर्च पनि रणवीरले नै बेहोरेका थिए । कट्रिनाबाहेक उनका बहिनीलाई समेत रणवीरले बेलामौकामा हिरा, सुनका गरगहना र महँगा उपहार दिने गरेका थिए । सलमानसँग छुट्टिएपछि कट्रिनाले उनले उपहार दिएको महँगो कार बेचेकी थिइन् ।