अनौठो होइन कुनै नायिकासँग नायक देखिनु वा नायकसँग नायिका एकसाथ देखिनु तर बैंकका प्रमुख कार्यकारी अधिकृत नै नायिकासँग निकै नजिक भएर एकसाथ देखिएको खबर सुन्दा तपाईहरु आश्चर्यमा पर्नु होला । त्यस्तै भयो वुधबार । राजधानीमा आयोजित एलजी फिल्म अवार्ड कार्यक्रममा नायिका प्रियंकाको साथमा जब मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह अवार्ड स्थलमा पुगे । एकसाथ अवार्ड भइरहेको हलमा पुगेका अनिल केशरी शाह र नायिका प्रियंका कार्कीले लगभग ५ मिनेटसम्म बस्ने सिट नै पाएनन् । त्यसपछि आफ्नो लागि र प्रियंकाका लागि अनिल केशरी शाह सिट खोज्न लागे तर ५ मिनेट वितिसक्दा पनि सिट नपाएपछि अनिल शाहले आयोजक संस्थाका एक सदस्यलाई फोन गरे ।
आयोजक संस्थाका सदस्यले पनि सिट मिलाइदिन नसकेपछि प्रियंकाले नायिका पुजा शर्मा बसेको ठाउँमा एक सिट पाइन र अनिललाई छोडेर उनी त्यहाँ बस्न गइन । अनिलले काही सिट नपाएपछि आयोजक संस्थाका सदस्यले उनलाई प्राविधिक बसेको ठाउँमा सिट मिलाइदिए र उनी केही बेर त्यही बसे । त्यसको केही बेरपछि अगाडीको रोहमा एक सिट मिलेपछि अनिल त्यहाँ गए । यो घटना यतिमा मात्र सिमिति रहेन ।
कार्यक्रमको अन्त्यमा आयोजक संस्थाका संयोजक तथा उद्घोषक दिनेश डिसीले उत्कृष्ट चलचित्रको नाम घोषणा र अवार्ड वितरण गर्न अनिल केशरी शाह, प्रियंका कार्की र करिश्मा मानन्धरलाई स्टेजमा बोलाए । त्यसपछि त छक्क नपर्ने को नै पो थिएनन् होला र ! अवार्ड कार्यक्रममा सँगै दखिनु, सँगै एउटै रोहमा बस्न खोज्नु र सँगै अवार्ड बाड्न स्टेज चढ्नुले प्रियंका कार्की र अनिल शाहको सम्बन्धको विषयमा पनि केही कुरा चल्न थाल्यो । हुनत, अनिल शाहको नेपाली चलचित्रक्षेत्रका अधिकांश कलाकारहरुसँग राम्रो सम्बन्ध छ । एउटा कुरा तपाईहरुलाई बताउँ कि केही दिन अगाडी मात्र अनिल शाह प्रमुख कार्यकारी अधिकृत भएको मेगा बैंकको सेभिङ स्टारमा प्रियंकालाई नियुक्त गरिएको थियो ।