आफ्नो आवाजले जो कोहीलाई पागल बनाइदिने बलीउड गायिका आशा भोसले ८३ बर्षकी भएकी छिन् । ८ सेप्टेम्बर, १९९३ मामहाराष्ट्रको सांगली गांवमा जन्मिएकी आशाको पिता पं. दीनानाथ मंगेशकर मराठी रंगमञ्चका निकै चर्चित व्यक्ति थिए । अहिलेसम्म आशाले सिने जगतमा १२ हजार भन्दा धेरै गीत गाइसकेकी छिन् । हिन्दीको अलवा उनले मराठी, बंगाली, गुजराती, पंजाबी, तमिल, नेपाली, मलयालम, अंग्रेजी र रूसी भाषामा गीत गाइसकेकी छिन् । १९४३ मा उनले आफ्नो पहिलो (मराठी) माझा बाळमा गीत गाएकी थिइन । १९४८ मा हिन्दी फिल्म चुनरियाको गीत ‘सावन आया…’ हंसराज बहलका लागि गाइन । १९५७ मा संगीतकार ओपी नैय्यरको संगीत निर्देशनमा बनेको निर्मातानिर्देशक बीआर चोपडा को फिल्म नया दौरले उनको करियरमा निकै ठूलो मोड लियो । १९६६ मा फिल्म तीसरी मंजिलमा आरडी बर्मनको संगीत निर्देशनमा ‘आजा आजा मैं हूं प्यार तेरा…’ गीतमा आवाज दिइन, जसबाट उनी निकै चर्चित भइन् ।