केही दिन अगाडी बलीउड गायक अरिजीत सिंह र सलमान खानको विवादले निकै चर्चा पाएको थिायो । त्यस्तै अरिजीत एक्ला त्यस्ता सेलिब्रिटी होइनन्, जो सलमानसँग विवादका कारण चर्चामा आएका हुन् । उनको यसका अलवा केही सेलेब्स यस्ता छन्, जसले सलमानसँग दुश्मनी मोल्दा आफ्नो फ्यूचर समेत बर्बाद गरेका छन् ।
ऐश्वर्या राय बच्चन
सलमानसँग काम गर्ने सेलिब्रेटी मध्ये पहिलो स्थानमा ऐश्वर्या राय बच्चन आउँछिन् । किनकी एकसमय उनीहरु प्रेम प्रेमिका रहेका थिए । सन् १९९९ मा रिलिज भएको फिल्म हम दिल दे चुके सनमदेखी नै ऐश्वर्या राय र सलमान खान प्रेममा परेका थिए । अन स्क्रीन र अफ स्क्रीनमा निकै चर्चित यो कपलबिच विस्तारै सम्बन्ध विग्रिपछि अहिलेसम्म यो जोडीले भेट मात्र होइन एकसाथ भेटे पनि कुरा गर्दैनन् । ऐश्वर्याले सलमान र सलमानले ऐश्वर्यासँग काम गर्नु असम्भव छ ।
विवेक ओबेराय
सलमानसँग ब्रेकअपपछि ऐश्वर्याले विवेक ओबेरायसँग नजिकको सम्बन्ध बनाएकी थिइन । त्यस दौडान सलमानले विवेकलाई धम्की पनि दिएका थिए । विवेक आफैले यो कुराको खुलासा एक अन्तर्वार्तामा गरेका थिए । तब देखी अहिले सम्म विवेक र सलमान एकअर्कालाई सामना गर्न पनि चाहदैनन् ।
रणबीर कपूर
सलमान र रणबीरको फाइटको कारण थियो कैटरीना कैफ। कैट केही बर्ष अगाडीसम्म सलमानकी प्रेमीका थिइन । सलमानसँग सम्बन्ध तोडेर उनी रणबीर कपूरसँग प्रेम सम्बन्ध गाँसेकी थिइन । जब रणबीर र कैटको ब्रेकअप भएपछि धेरैबाट हल्ला चलेको थियो की त्यसको जिम्मेवार सलमान रहेका थिए । सलमान र रणबीर अहिले फेस टू फेस आउने समेत हिम्मत गर्दैनन् । यस्तो अबस्थामा सलमान र रणवीर एकसाथ फिल्म खेल्नु असम्भव छ ।
आमिर खान
सलमान र आमिर मिल्ने साथी हुन् । तर यि दुई एकसाथ फिल्म खेन्लु मश्किल छ । यो कुरा अरु कसैले होइन सलमान आफैले बताइसकेका छन् । सलमान र आमिरले निकै बर्ष अगाडी अंदाज अपना अपनामा एकसाथ काम गरेका थिए ।