नेपाली चलचित्र ‘द विनर’ आउँदो कात्तिक १९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । फिल्म निर्माण कम्पनी डायमण्ड स्टारले वितरक गोपाल कायस्थसँग उक्त मितिमा ‘द विनर’ प्रदर्शनमा ल्याउने गरि सम्झौता गरेको छ । खबरका अनुसार सोही मितिमा अर्को फिल्म ‘जात्रा’ ले पनि आफ्नो प्रदर्शन मिति तोकिसकेको छ । हिक्मत विष्ट निर्देशित फिल्म ‘द विनर’ मा पुर्व मिस नेपाल मलिना जोशीसँगै महेश श्रेष्ठ, मन्चिन शाक्य, रेशु तामाङ, राजकुमार पन्त, अमित गिरी लगायतको अभिनय रहेको छ । गएको महिना मात्र टीजर र ट्रेलर समेत रिलिज भएको ‘द विनर’को अधिकांश छायाँकन विदेशमा भएको हो ।