नेपाली मुलकी बलीउड अभिनेत्री मनीषा कोइराला लामो समयपछि ठूलो पर्दामा कमब्याक गर्दैछिन् । फिल्म ‘मौली’ मा उनी बिहारी मुस्लिम महिलाको भुमिका निभाउँदै गरेको देख्न सकिन्छ । उनले एक अन्तर्वार्तामा फिल्म ‘मौली’ मा आफ्नो भुमिका दमदार रहेको बताएकी छिन् ।
भारतीय अनलाइन पत्रिका जागरणले प्रकाशन गरेको समाचार अनुसार मनिषाले सो अन्तर्वार्ताको क्रममा विवाहको विषयमा पनि खुलेरै कुराकानी गरेकी छिन् । अन्तर्वार्ता दिने क्रममा उनले फेरी विवाह गर्ने चाहना व्यक्त गरेकी छिन् । मनीषाले सन् २०१० मा नेपालका व्यापारी सम्राट दाहालसँग विवाह गरेकी थिइन तर केही महिना पछि नै उनीहरुले सम्बन्ध विक्षेद भएको थियो । तर, पनि मनिषा बिहेका लागि सकारात्मक देखिएकी छिन् ।
उनले अन्तर्वातामा भनेकी छिन्, ‘को विवाह गर्न चाहदैन ? सुरुवातमा यो राम्रो हो, तर पछि यसलाई तपाई सम्झन नै सक्नुहुन्न । यदि, मलाई कोही राम्रो मानिस मिलेको खण्डमा म यो बिषयमा जरुर विचार गर्नेछु ।’
त्यति मात्र होइन उनले अर्काको एक बच्चा कोख लिने पनि तयारी गरेको बताएकी छिन् । यस विषयमा बोल्दै उनले भनिन्, ‘म जब बच्चा थिएँ, तब देखी मेरो इच्छा थियो कि एक बच्चा कोख लिउँ । म आफ्नो परिवारबाट निकै नजिक छु तर उहाँहरु नेपाल बस्नुहुन्छ । जब म घर आउँछु तब म निकै एक्लो महशुस गर्छु ।’
मनीषा लामो समयसम्म क्यान्सरसँग लडिरहेकी थिइन तर अहिले उनी स्वस्थ छिन् र आफ्नो कमब्याकलाई लिएर निकै खुसी पनि छिन् । अभिनयको अलवा मनीषा फिल्म निर्माण गर्ने र लेख्ने पनि योजना बनाइरहेकी छिन् । मनीषाको कमब्याकलाई लिएर अहिले उनका फ्यानहरु निकै खुसी छन् ।