आफुले पाएको भुमिकालाई न्यायपूर्वक निभाउने बलीउडस्टार आमिर खानले केही दिन अगाडी मात्र ‘दंगाल’को छायाँकन सकाएका थिए । यस बर्ष प्रदर्शनमा आउने बताइएको चलचित्र ‘दंगाल’लाई बलीउडकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । त्यही क्रममा आमिर खानले अर्को नयाँ चलचित्रको छायाँकन सुरु गरेका छन् । आमिर खान अहिले ‘सेक्रेट सुपरस्टार’ नयाँ चलचित्रको छायाँकनमा व्यस्त छन् । अघिल्लो हप्ता सुटिङ सुरु गरेका आमिरको सेक्रेट सुपरस्टार लुक्स बाहिर आएको छ । बलीउड मिडियामा भाईरल बनेको आमिरका सार्वजनिक केहि तश्विरहरुमा उनलाई राजा, महाराजा अबतारमा देख्न सकिन्छ । म्युजिक कथामा बन्ने चलचित्रको सार्वजनिक लुक्सले नै आमिरको खास भुमिका रहेको कल्पना गर्ने ठाउँ छन् । गायिका बन्न लालायित एक युवतीको कथामा बन्न लागेको चलचित्रमा आमिर एक संगीत निर्देशकको भूमिकामा देखिँदै गरेको बताईन्छ ।