एक्ट्रेस राधिका आप्टे र आदिल हुसेनको फिल्म ‘पार्च्ड’ को एक सीन केही दिन अगाडी खुबै भाइरल भएको थियो । फिल्मको को-प्रोड्यूसर अजय देवगनको लागि एक फेरी चकित बनाउने खबर बाहिर आएको छ । त्यो हो फिल्म पार्च्ड पोर्न फिल्म रहेको भन्दै खुबै हल्ला भइरहेको छ । यो फिल्मलाई अहिले जसरी पोर्न फिल्म भन्दै हल्ला चलिरहेको छ, त्यसले फिल्मलाई ठूलो घाटा हुने पक्का छ । कोलकातामा यसको डिभिडि एडल्ट फिल्म बताएर भारतीय ९० रुपैयाँमा बेचविखन भइरहेको छ । फिल्ममा केही बोल्ड र न्यूड सीन छ । फिल्ममेकर्सले यस बारेमा साइबर सेलको जानकारी दिइसकेको छ तर हालसम्म कोही पनि पक्राउ भने परिसकेका छैनन् । यो फिल्म २३, सेप्टेम्बरमा रिलिज हुँदैछ ।