यशराज गरच र रोहित रुम्बा मुख्य भूमिकामा रहने चलचित्र ‘उफ् यो मन’ को छायांकन दार्जलिङबाट सुरु भएको छ । सुरज चन्दले यो चलचित्रको निर्देशन गरिरहेका छन् । कलेजमा अध्ययन गर्ने यूवाहरुको कथामा आधारित रहेर यो चलचित्रको छायांकन दार्जलिङको चौरास्ताबाट सुरु गरिएको छ । अनुराधा फिल्मस् इन्टरटनेसनलको ब्यानरमा अनु शाहले यो चलचित्रलाई निर्माण गरिरहेकी छिन् । राजुविक्रम थापाले छायांकन गरिरहेको चलचित्रमा कमल राइको नृत्य निर्देशन, सानुकुमार महर्जनको एक्सन, महेश खड्का र रमेश थापाको संगीत रहनेछ । भारतको सिक्किम, दार्जलिङ लगायतका स्थानमा छायांकन गरिने यो चलचित्रमा दीपक क्षेत्री, समिता गिरी, अमी दाहाल पनि मुख्य भूमिकामा छन् ।