बलीउड अभिनेत्री प्राची देसाईले यो भनेकी छिन् कि उनको र श्रद्धा कपूर बिच कुनै पनि प्रतिस्पर्धा छैन । फरहान अख्तर निर्मित वर्ष २००० मा प्रदर्शनमा आएको फिल्म ‘रक अन’को सिक्वेल ‘रक अन २’ मा दुई अभिनेत्री श्रद्धा कपूर र प्राची देसाईले काम गरेका छन् । यि दुईको बिच सेटमा केही खटपट भएको खबर पनि बाहिर आएको थियो तर प्राचीले भनेकी छिन् कि उनको र श्रद्धा बिच कम्पटीशन हुने कुनै पनि मतलब छैन । प्राची देसाईले अगाडी भनेकी छिन्,‘रक अन’ मा फरहान अख्तर, अर्जुन रामपाल र पूरब कोहली थिए । अब ‘रक अन २’ मा यि दुईको अलवा शशांक अरोडा पनि जोडिएका छन् । अब केटाको बिच कुनै पनि प्रतिस्पर्धा छैन तर हामी बिच चाँही कसरी प्रतिस्पर्धा हुन्छ । मेरो विचारमा सबै कलाकारहरु आफ्नो भुमिकामा फिट छन् ।’