केही दिन अघिको घटना हो,एकजना एच.आई.भी.संक्रमित वृद्ध महिलालाई टेकु अस्पताल पु¥याईयो । यसअघि उनी पाटन अस्पताल भर्ना गरिएकी थिईन् । तर उनलाई पाटन अस्पतालले पनि वीर अस्पताल लैजान रिफर ग्यो तर पु¥याईयो टेकु अस्पताल ।
टेकु अस्पतालको इमरजेन्सी वार्डले ती वृद्धालाई उपचारका लागि भर्ना गर्नुपर्ने सल्लाह दियो । बृध्दालाई लिएर जाने दुईजनाले उनलाई कुर्न नसक्ने बताए । आर्थिक स्थिति कमजोर भएको भन्दै उनीहरु बिरामी लिएर फर्किए ।
दुई दिनपछि फेरि बिरामी लिएर उनीहरु टेकु अस्पताल पुगे । तर यसपाली उनीहरु बृध्दालाई अस्पताल भर्ना गर्न होईन, छोड्न आएका रहेछन् । बृध्दाको आँखा छलेर उनीहरु अस्पतालबाट भागे र त्यसपछि फर्किएनन् ।
आफन्त कोही पनि नभएपछि दुई दिनसम्म ती बृध्दा अस्पतालको अब्जर्भेसन वार्डमा एक्लै बेवारिसे भइन् । अस्पतालले कैयौँ पटक लिएर आउनेहरुलाई सम्पर्क गर्ने प्रयास ग¥यो । तर प्रत्येक पटक उनीहरुसँग सम्पर्क हुन सकेन ।
त्यसपछि टेकु अस्पतालको ए.आर.टी. सेक्सनका कर्मचारीहरु मिलेर ती वृद्धा एच.आई.भी. संक्रमितलाई त्यहीं भर्ना गरिदिए । अस्पतालमा उनको उपचार पनि भइरहेको थियो । दुर्भाग्यवश भर्ना गरिएको दुई दिनपछि अर्थात् भदौ १० गते दिउँसो २ बजेर ३० मिनेट जाँदा ती वृद्धाको अस्पतालको बेडमै मृत्यु भयो ।
अस्पताल परिसरमा बेवारिस छोडिएकी वृद्धाको मृत्यु भइसक्दा पनि उनलाई अस्पताल पु्याउनेहरु भने बेखबर छन् । आफन्त कोही पनि सम्पर्कमा नआएकोले ती बृध्दाको शव शिक्षण अस्पतालको मुर्दा घरमा राखिएको छ ।
मृतक र छोरीहरुको कुनै पनि व्यक्तिगत विवरण र ठेगाना टिप्न नपाएकाले अस्पतालका कर्मचारी समेत विलखवन्दमा परेका छन् ।
आश्चर्यको कुरा यो हो कि, ती बृध्दालाई टेकु अस्पतालमा बेवारिस छोडेर भाग्ने अरु कोही नभएर उनकै कोखबाट जन्मेका दुई छोरीहरु हुन् ! -सरल पत्रिका