जोधा नामक टिभी सिरियलबाट चर्चित बनेकी परिधि शर्मा आमा बन्दैछिन् । खबरका अनुसार, परिधि प्रेग्नेन्ट छिन् र चाँडै उनी आफ्नो पहिलो बच्चालाई जन्म दिँदैछिन् । हालै बाहिर आएको केही तस्बिरमा एक फेमिली इवेन्टमा उनको बेबी बम्पमा देखिएकी थिइन । तर टिभीमा परिधिले कयौ पटक आमाको भुमिका निर्वाह गरिसकेकी छिन् । परिधि जस्तै केही टिभी एक्ट्रेस छन्, जो पर्दामा कम उमेरमा नै आमाको भुमिका निर्वाह गरिसकेका छन् । २०१५ मा पिया रन्गरेज सीरियलमा नारायणीले ३० बर्षको एक्टर गौरव बजाजकी आमाको भुमिका निभाएकी थिइन । त्यसरी नै केही एक्ट्रेसेस छन्, जसको उमेर निकै कम छ तर छोटो पर्दामा निकै ठूला ठूला बच्चाको आमाको रोल प्ले गरिसकेका छन् ।
आज हामी केही एक्ट्रेसेसको विषयमा कुरा गर्दैछौं ।
परिधि शर्मा – उमेर २८
(२०१३ देखी २०१५) जोधा अकबरमा २० बर्षका सलीमकी आमाको भुमिका निभाएकी थिइन ।
नारायणी शास्त्री – उमेर ३८
(२०१२ देखी २०१३) मा फिर सुबह होगीमा १८ देखी २० बर्षकी छोरी सुगानीकी आमाको रोल निभाइसकेकी छिन् ।
आम्रापाली गुप्ता – उमेर २७
(२०१२ देखी २०१६) कुबूल हैमा २५ बर्षकी रेहानाकी आमाको भुमिकामा देखिएकी छिन् ।
देवोलिना भट्टाचारजी – उमेर २५
‘साथ निभाना साथिया’ मा २० बर्षकी मिरा र १८ बर्षकी विद्याकी आमाको भुमिका निभाएकी छिन् ।
हीना खान – उमेर २८
‘ये रिश्ता क्या कहलाता है’ मा २० बर्षकी नक्ष र नायराकी आमाको भुमिका निर्वाह गरेकी थिइन ।