कार्तिक १२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘उमंग’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘जे जे नी बन्न सक्छु म’ बोलको सार्वजनिक गीतमा “साडी के पल सा…” फेम बलीउड गायक नकाश अजीजले स्वर दिएका छन् भने संगीत र शब्द अर्जुन पोख्रेलको रहेको छ । गीतमा नायिका विनिता बराल र कुमार विसी फिचरिङ छन् । हास्य कलाकार शिव शर्माद्वारा निर्देशित चलचित्र ‘उमंग’ मा बिनिता र कुमार बिसीको मुख्य भुमिका रहेको छ । यो चलचित्रमा बैदेशिक भूमिमा नेपाली युवाले गरेको संघर्ष र पाएको दुखलाई देखाइएको छ । चलचित्रलाई रबिन्द्र बरालले छायांकन, अर्जुन जी.सी.ले सम्पादन गरेका छन् । चलचित्रमा विनिता बराल बराल दुबईकी एक मुस्लिम युवतीको भुमिकामा देखिएकी छिन्, जसको नेपाली युवकसँग प्रेम बस्छ ।