सलमान खान र रोमानियन ब्यूटी यूलिया वान्तूरले आफ्नो सम्बन्धलाई चाहे साथीको सम्बन्ध माने पनि इन्डस्ट्रीमा उनका फ्यानहरु लव बड्र्सको नजरबाट देख्छन् । यही कारण हो कि यो जोडीको हर अपडेटमा मिडिया देखी उनीहरुका फ्यानहरुको नजर पुग्ने गर्छ । सलमान र यूलियाको सीक्रेट रिलेशनशिपको ताजा अपडेटको कुरा गर्ने हो भने यूलियाकी छोरीको खबरले अहिले निकै चर्चा पाएको छ । तपाईहरु यो जानेर हैरान बन्नुहुन्छ कि सलमानकी कथित गर्लफ्रेण्ड यूलिया वान्तूरकी छोरी पनि छिन् । हालैमा यूलियाले आफ्नो छोरीको साथ एक फोटो इन्स्टाग्राममा शेयर गरेकी छिन् । तर एकछिन है, यूलियाले जुन क्यूट गर्लको साथ आफ्नो तस्बिर शेयर गरेकी छिन् त्यो बच्चादेखीको साथीकी छोरी हुन् र यूलिया उनलाई आफ्नो छोरी मान्छिन् । इन्स्टाग्राममा यूलियाले आफ्नी साथी र उनकी छोरीलाई आफ्नो गडडटर भन्छिन् । उनले एक कोलाज शेयर गर्दे लेखेकी छिन्,#innocence #child #mygoddaughter #childhoodfriend #friendshipforlife #blessed #strongconnection #love #unconditional #.