श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधनपछि निकै लामो समयसम्म डिप्रेशनमा परेकी नायिका स्वेता खड्का केही महिना देखी सामान्य जीवनशैलीमा फर्किदै आएकी छिन् । ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा डेव्यू गरेकी स्वेता खड्का अर्को बर्ष देखी नयाँ चलचित्रको तयारीमा लाग्ने बताइएको छ ।
श्रीकृष्ण श्रेष्ठ अभिनित अन्तिम चलचित्र ‘कोहिनूर’ मा काम गरेकी स्वेताले त्यसपछि श्रीकृष्णसँग बैबाहिक सम्बन्धमा बाँधिएकी थिइन । बैबाहिक सम्बन्धमा गाँसिएको लगभग १ महिनापछि श्रीकृष्णले संसार त्यागे त्यसपछि स्वेता विछिप्त अबस्थामा रहिन् । लगभग १ बर्षसम्म उनी औषधी र बेडरेस्टमा नै रहिन् । तर, अहिले भने उनी सामान्य दैनिकीमा फर्किसकेकी छिन् ।
पुराना दिन भुलेर अहिले स्वेताले आफ्नो होटल व्यबसाय र चलचित्रतर्फ विस्तारै ध्यान दिइरहेकी छिन् । उनि एमआर कन्स्ट्रक्सन, होटल इन्ड्रेणी, सुनौलौ कोअपरेटिभ, बुद्ध लाइफ रियल स्टेट जस्ता संस्था तथा कम्पनीमा प्रमुख सञ्चालक र सस्थापकको रुपमा कार्यरत छिन् ।
श्रीमान् श्रीकृष्ण श्रेष्ठको बियोगका कारण बाहिर नदेखिएकी स्वेता पछिल्लो समय सामाजिक काममा व्यस्त देखिनुका साथै समाजिक सञ्जालमा खुलेरै प्रशंसा बटुल्न ब्यस्त छिन् । आर्कषक पहिरन लगाउन माहिर स्वेताका केही तस्बिरहरु सिनेखबरलाई प्राप्त भएको छ, जसमा उनको सुन्दरता खुबै झल्किएको छ ।