‘फिफ्टी शेड्स अफ ग्रे’ को सीक्वल ‘फिफ्टी शेड्स डार्कर’ को ट्रेलर सार्वजनिक भएको छ । यस पटक पनि डैकोटा जनसन र जेमी डोरमेन एनस्तेसिया र क्रिश्चन ग्रेको भुमिकामा देखिनेछन् ।
ट्रेलरमा दुईको हट केमिस्ट्री जारी छ । यस पटक न कुनै नियम र न कुनै सजायको बचन दिइएको छ । फिल्ममा किम बेसिन्गर पनि देखिनेछन् । फिफ्टी शेड्स डार्कर २०१७ को भेलेन्टाइन्स डे मा रिलिज हुँदैछ । यो सीरीज ई.एल.जेम्स को किताबको सीरीजमा आधारित छ । फिफ्टी शेड्स अफ ग्रेको सैम टेलर जनसनले डायरेक्ट गरेका हुन् । फिफ्टी शेड्स डार्करको हाउस अफ कार्ड्सको डायरेक्टर जेम्स फोलीले डायरेक्ट गरेका हुन् । फिल्मको तेस्रो पार्ट फिफ्टी शेड्स फ्रीडको पनि फिफ्टी शेड्स डार्करको साथ नै शूट गरिनेछ र र यस फ्रेब्रवरी २०१८ मा रिलिज हुँदैछ । यस पटक पप सिंगर रीटा अरापनि फिल्ममा छिन् ।