सन् २०१५ मा ६०० करोडको आँकडा पार गरेको चलचित्र ‘बाहुबली’ को सिक्वेलको मान्छेहरु अहिले निकै प्रतिक्षा गरिरहेका छन् । दर्शकहरु बाहुबलीको सिक्वेलमा यो हेर्न चाहन्छन् कि कटप्पाले किन बाहुबलीलाई मारे ?
डायरेक्टर एस एस राजमौलीको ड्रीम प्रोजेक्ट बाहुबलीपछि चाँडै तपाईहरुलाई ‘बाहुबली : द कन्क्लूजन’ उपहार मिल्दैछ । बाहुबलीको क्रेज यस्तो छ कि अहिले योसँग जोडिएका जस्तो खबरहरुमा पनि दर्शकहरुको नजर पर्ने गर्छ । त्यही क्रममा हालै एक खबर बाहिर आएको छ फिल्ममा भल्लालदेवाको भुमिका निर्वाह गरेका टलीवुड स्टार राणा डग्गुबतीले हैदराबादमा आफ्नो हिस्साको शूटिंग सकाएका छन् ।
अहिलेसम्म चलचित्रको क्लाइमेक्सको शूटिंग भइरहेको छ । खबरका अनुसार फिल्मको फष्र्टलुक पोष्टर प्रभासको जन्मदिन २३ अक्टूबरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । यसको ट्रेलर भने आगामी जनवरीमा रिलिज गरिदैछ । फिल्मको रिलिज मिति भने २८ अप्रिल २०१७ का लागि तय गरिसकिएको छ । फिल्ममा प्रभास, राणा डग्गुबती, तमन्ना र अनुष्का शेट्टी देखिदैछन् ।