भदौ ९ गतेबाट छायाँकन सुरु भएको चलचित्र ‘लभ लभ लभ’ को इन्डक्ल्याप भएको छ । झण्डै १ महिना लामो छायाँकन सकाएर निर्माणपक्ष पोखराबाट काठमाडौं फर्किसकेको छ । गएको बर्ष ‘पशुपतिप्रसाद’ चलचित्र निर्देशन गरेर चौतर्फी तारिफ बटुलेका निर्देशक दिपेन्द्र के. खनालले निर्देशन गरेको यो चलचित्र पूर्णतया प्रेमकथामा आधारित छ । चलचित्रको मुख्य कलाकारमा स्वस्तिमा खड्का (बस्नेत), सुरज पाण्डे, देशभक्त खनाल, रमेश बुढाथोकी, रुपा राना लगायतका कलाकारहरु छन् । ‘होस्टेल रिटन्र्स’ मा सहायक भूमिकामा निर्वाह गरेकी स्वस्तिमा यसै चलचित्रबाट लिड रोलमा देखिएकी हुन भने सुरजको यो डेब्यु चलचित्र हो ।
यसै बर्ष प्रदर्शनमा ल्याउन लागिएको यो चलचित्रको अब सम्पादन कार्य सुरु हुनेछ । अमृत पाण्डे र शर्मिला पाण्डेको लगानीमा ‘लभ लभ लभ’ तयार भएको हो । चलचित्रका निर्देशक खनालका अनुसार ‘लभ लभ लभ’ मा सानो कुरामा ठूलो इमोसन खोज्ने प्रयास गरिएको छ । चलचित्रको सम्पूर्ण छायाँकन पोखरामा सकिएको हो । चलचित्रका सबै गीतमा सुरेश राईको संगीत रहेको छ भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ । चलचित्रलाई निरज कँडेलले खिचेका हुन ।