कीर्तिनिधि बिष्ट (पूर्वप्रधानमन्त्री)
अजेयबाबुका हजुरबुबा कलानाथसँगको परिचय गहिरो छ।
म पथलैया जाँदा पसेको छु जंगल छेउको कुटीमा। त्यहाँ पुष्पलाल, नरहरिनाथ, रुपचन्द्र, कोइराला लगायत अरुहरु पनि जान्थे, स्वयं राजा पनि गएको सम्झना छ मलाई। देशको प्रगतिमा सादगीपूर्ण जीवन बिताएको मान्छे लाग्छ उहाँ। कलानाथलाई देख्यो कि अँगालो हाल्न मन लाग्थ्यो।
उहाँ क्रान्तिमा लागिरहेको मान्छे म सरकारमा बसेर राजालाई शासन गर्नका लागि अनुकूलता बनाउँदै लगें। उहाँ क्रान्तिकारी भए पनि चिन्ता देशकै थियो। म देशमा राजतन्त्र भए पनि प्रजातन्त्रको खिलाफमा थिइन, त्यो कलानाथलाई थाहा थियो, बिपीलाई थाहा थियो, रुपचन्द्रलाई थाहा थियो। रुपचन्द्र त यहाँ घरमा आएर भित्ता, पार्किङ, कुखुराको खोर, कुकुर सुत्ने बाकस, माहुरीको घार जे जे छ त्यसमा थाहा लेखेर जाने। हामी पुरापुर राइट अपोजिट पोजिसनमा थियौं तर मभित्रको मलाई उहाँहरुले बुझ्नुभएको थियो, उहाँहरुको भित्री मैले बुझ्ने चेष्टा गरेको थिए र सम्भव भएसम्म भेट कुराकानी भइरह्यो हामीहरुबीच। आफ्नो कर्तव्य र परिवारको दायित्व बोध गरी समाज र देशको चिन्तनमा लाग्नेहरुको तात्विकता एकै खालको हुन्छ।
त्यो तात्विकताभित्रको तत्व अजेयबाबुमा देखेको छु। त्यो कसरी छोपिन सक्छ? अरुलाई पनि थाहा छ उहाँभित्रको तत्व के हो र कता उन्मुख छ। आफ्टर अल हिज भेरी कन्सर्न इज फर नेसन, द्याट आइ नो। उहाँमा धर्मसंस्कार प्रतिको गहन आस्था पनि छ। व्यापार व्यावसाय गरेर मात्र बसे पनि हुने नि किन यतिका करौडौं अर्बौं रुपैयाँ खर्चेर सामाजिक सेवाको काममा लाग्नुभएको होला? एउटा व्यापारी त व्यापारी नै हुने भयो, त्यो अमेरिकाको होस् वा चिनको अथवा नेपालको। उसको फर्स्ट कन्सर्न भनेकै घाटा नाफा हो। यहाँ अजेयबाबुले जे समाजका लागि गरिरहनुभएको छ त्यो आमव्यापारिक कल्चर र कन्सर्न होइन। त्यसका लागि गट्स चाहिन्छ, त्यो बिल गेट्समा छ, वारेन बफेटले गरेको सामाजिक योगदान पनि धेरै नै हो। जुन देश र समाजमा हुर्कियो त्यो स्थान विशेषको धर्म आस्थामा रहेर समाजको हित गर्ने हो। उता पश्चिमाहरु चर्चफन्डमा खन्याउछन् यहाँ अजेय मन्दिर, विद्यालय, सामुदायिक भवन बनाइरहनुभएको छ। दिस इज इनक्रिडिबल, एक्स्टा अर्डिनरली कन्ट्रिब्युसन टुवर्डस सोसाइटी। अल इफोट्स आर फर दी बेटरमेन्ट अफ ह्युनकाइन्ड।
बेग्लै किसिमको बेग्लै रंगको अजेयसँग मेरो निकै घनिष्ठता छ। प्रेम छ।
हुन त म अजेयबाबुका पिता माधवराजसँग पनि परिचित थिएँ। हेटौंडाको कारखाना सञ्चालन उद्घाटनका क्रममा निकै नजिक थियौं। म जस्तै अग्लो जिउडाल भएको मान्छे तर साइजमा सलाइट्ली बिगर देन मी, ही ह्याज ड्यासिग पर्सोना, त्यति मात्र होइन, राजनीतिक चेत पनि असल थियो। विकासका लागि गरिनुपर्ने रुपान्तरणका बारेमा उत्सुक उहाँसँग यता काठमाडौंमा पनि भेट भएको थियो। उहाँले एउटा अखवार पनि चलाउनुभयो, निर्मल हो कि के त्यसको नाम, समथिङ लाइक द्याट, म प्रधानमन्त्री भएपछि समाचार आयो, ‘बोकाले दाइ हुने भए, किर्तीनिधीले देश चलाउँछन्’ यस्तै आसयको आर्टिकल थियो। निकै चर्चा पाएको टपिक थियो। पछि बन्द भयो होला पत्रिका।
अरुले भनेजस्तो देशमा विकराल, निरकुंश शासन थिएन त्यस बेला, विरोधीहरुले त भन्ने नै भए तर त्यस्तो लेख्ने पत्रिकाको आसय र चिन्ता पनि देशको नै थियो। बरु मैले के दिन सके मेरो कार्यकालमा त्यो अरुले भन्ने कुरा हो। आमा विश्वकान्ति कलावती महिला क्षेत्रमा ख्यातिप्राप्त नाम थियो, सँगै मञ्च सेयर पनि गरेका थियौं। कलानाथसँगको आत्मियताले पनि सुमार्गी परिवारसँग सामिप्यता बढेको थियो।
मान्छेको हाइटका विषयमा कुरा गर्दा, त्यसमा दुई कुरा निहित हुन्छन्, एक त भयो, उसको पारिवारिक पृष्ठभूमि, ऊ कस्तो कुल खानदानमा जन्म लियो। परिवारकाहरु को कहाँ छन्, समाजमा के कस्तो योगदान छ सबै कुराहरुको प्रभाव अति नै हुन्छ।
दोस्रो हो, त्यो व्यक्तिले के गर्यो? कति गर्न सक्छ, उसमा भएको क्षमताको कारण उचाइले पनि गति लिँदै जान्छ। दुवैको योगमा घटनाहरु निर्माण र विनिर्माण भइरहेका हुन्छन्। अजेयको उचाइमा पनि यी दुई कुराको संयोजन पाउँदछु। पृष्ठभूमि नभएकाहरुले भएकाहरुको डाहा र ईर्ष्या त गर्न सक्लान् तर त्यो कमाइ पैसाले किन्न सकिने होइन। त्यसको कन्ट्युनिटी र फोलोमा उभिएको व्यक्तिले कति बोझ बोक्ने सामर्थ्य राख्दछ त्यसमा छलाङको अपत्यारिलो आकार पाउन सकिन्छ। थाहा नपाउनेहरुले पढ्नुपर्दछ, थाहा पाउनेहरुले चर्चा गर्नुपर्दछ र देशको विकासमा आवश्यक तत्वहरुको संकलन र पहिचान गर्नु हामी सबैको कर्तव्य हुन आउँछ।
अजेय र मबीच निकै घनिष्ठता छ त्यो कसरी भयो भन्नुहुन्छ भने त्यो अर्कै कुरा हो, यो मेरो मान्यता हो अरुलाई नहुन पनि सक्छ। अनकन्डिसनली अट्याच्ड भएको छु। उहाँको संगतमा रहेकाहरुको आ आफ्नै स्वार्थ होला, किनकि यदि उहाँका सेरोफेरोमा नेताहरु छन् भने तिनीहरुलाई अजेयसँग भएको जनप्रियताप्रतिको लोभ होला त्यो भोटमा चेन्ज हुन सक्छ, केहीलाई आर्थिक सहायताको खाँचो होला उनीहरु त्यसको खोजमा नजिक होलान्, यसैगरी धेरैको आ–आफ्नै स्वार्थमा होलान्। सबैजना त म भन्दिन तर धेरैजना त्यस्तै होलान् कि भन्ने लाग्छ यो मेरो मान्यता हो, सत्य त्यो नहुन पनि सक्छ। कालान्तरमा समय यस्तो पनि आउँछ त्यस्तो विचार बोकेकाहरुको एक्सपेक्टसनको साइज बढ्दै जान्छ, परिस्थिति प्रतिकूल भए हानी पुर्याउन पनि सक्छन् यसको ख्याल गर्नुपर्दछ। बट आइ लभ दिस जेन्टलम्यान।
साथी जगदिश राणा थिए हामी त्रिचन्द्रमा सँगै थियौं, उनका पिता मृगेन्द्रशमशेरको त्यति बेलाको एकलाख रुपैयाँ हालेर बबरमहलमा आर्ट काउन्सिलको स्थापना गरिएको थियो। कलानाथहरु कमलपोखरीमा बस्नुहुन्थ्यो।
म बूढोको कुहेका कुरा के अर्थ राख्छन् र? मैले अजेयलाई जति चिनेको छु त्योभन्दा म प्रतिको चिनारी गहिरो छ, यो व्यवहारबाहिरको कुरा हो। त्यसैमा सद्भाव र आत्मीयता फल्दै फक्रँदै जान्छ। यही रीतमा अजेयबाबुसँगको हो, हाम्रो सम्बन्ध आश्चर्यको छ, यो कुनामा बसेको मान्छेकहाँ धेरै मान्छेहरु आउँछन् र हराउँछन् तर सुमार्गी परिवार त्यो पनि अजेयबाबुसँगको सम्बन्ध गज्जबको छ। आमा कलावती पनि बरोबर घरमा आइरहने हुनाले भावनात्मकरुपमा जोडिएको थियो, छोरीको रुपमा सधैं मैले मान्दै आए र माया बाँड्दै आएको थिए। उहाँको योगदान पनि महिलाको नेतृत्वमा आदरणीय छ।
सफल मान्छे बन्नुमा, हेरिडिटीको कुरा पनि छ, जसको प्रेरणा, त्यसले देखाएको बाटोमा हिँड्ने र आफैंले त्यसमा नयाँ कुरा थपेर अघी बढ्नाले त्यो उचाइमा पुग्न सकिन्छ। पृथ्वीनारायणलाई बिर्सेर नेपालको कुरा गर्ने अलि नमिल्दो कुरा हो। बंश परम्पराको रेसालाई छोड्न हुँदैन। पुर्खाले गरेको कुरा भूतकाल भनेर बिर्सेमा अहिलेको बाटो हिँड्नेहरु गन्तव्यमा पुग्न गाहे छ। त्यसप्रतिको सम्मान बरोबर हुनुपर्दछ। आफ्नो क्षमता र नयाँ सिर्जना थपेर नयाँ आविष्कार गर्नु असल कुरा हो। कुनै मान्छे कुनै स्थानमा पुग्छ भने अवश्य पनि त्यहाँ उसको योगदान र क्षमता हुन्छ।
अजेयबाबुमा सबैको मिश्रण छ, कुराकानीमा निहित छ, व्यापार उद्योगमा छ, धर्मसंस्कारमा छ। धनले छेलोखेलो भएका धेरै मन्छेहरु टाट पल्टेका पनि छन्। तर तिनीहरुमा कतिको मन छ? त्यो महत्वको कुरा हो। म धेरै कुरा थाहा पाएको मान्छे होइन, अजेयको नोक्सानी नहोस् भनी जानेको कुरा भन्दिन्छु। अफवाहको पछि लाग्ने होइन कि ती कुराहरुप्रति सतर्कता भने हुनुपर्दछ। अफवाह फैलाउनेहरुको कुटिलता सबै बुझ्न आवश्यक छ। आत्मीयता भन्ने कुरा त्यसै आउने कुरा होइन्। तर म अजेयबाबुसँग मात्र हो यति गहन रुपमा नजिकिएको अरुका लागि त म निकै ठाडो मान्छे। रिसाए पनि मतलब गर्दीन सत्य जे हो त्यही भन्दछु।
अहिलेसम्मको यात्रा त राम्रै लागेको छ, धेरैले अजेयबाबुलाई सक्रिय राजनीतिका लागि अनुरोध गरेका पनि होलान् तर त्यता जाने नजाने उहाँको निजी निर्णय हो। जे छ त्यसलाई इनलार्ज गरेर समाजको चिन्ता यसरी नै गर्दा राम्रो होला कि भन्ने मलाई लाग्दछ। राजनीति भन्ने अर्कै विषय हो। त्यो उहाँको रुचिको कुरा हो। तर जुन गति गइरहेको छ, भइरहेको छ त्यो लगनको कन्ट्युनिटी रहिरहोस् भन्ने मेरो आस छ। यसैबाट जनता लाभान्वित भइरहेका छन्।
उहाँको चिन्ता लागिरहन्छ, अब त सपना पनि देख्न थालेको छु। उहाँको क्षेत्र के हो? कसो गर्दा होला म थाहा पाए जति उहाँलाई भन्छु नै। त्यहाँ चिन्ता राष्ट्र नै हुन्छ। जनतालाई अवसर दिने उद्योगहरुको स्थापनाले धेरैको मलम लगाउँदछ। एउटा मान्छे यति लगनताका साथ इमानदारिताका साथ जे जति हातमा लागेको छ त्यसको प्राप्तिको लागि निकै मिहिनेत छ, यसलाई फैलाउन तर्फ लाग्नु जाती हुन्छ। मलाई थाहा छ देशका सबै प्रधानमन्त्रीहरु उहाँलाई भेट्न र कुरा गर्न मन पराउँछन्, त्यो किन त भने उहाँले गरेको योगदान नै हो। सबैको आ–आफ्नो फाइदा होला तर पनि देशको चिन्तामा निकास दिन सक्ने मान्छे हो भन्ने सबैलाई थाहा छ।
उहाँ टाढाको देश बेलारुसको कन्सुलर हुनुभएको छ। यो उनीहरुका लागि गर्वको कुरा हो, किनकि अजेयबाबुजस्तो मान्छे प्रतिनिधिका रुपमा छनोट गरेकाछन्। क्षमता भएपछि क्षमता भएकाहरुले चिन्छन् चिन्छन्, त्यो नेपालका नागरिकहरु हुन् वा बाँकी विश्वका।
मेरो विद्यार्थीकाल देखि उब्जेको सोच थियो देशलाई सम्पन्नता बनाउने। राष्ट्रिय कांग्रेसमा लागेर बसेको थिएँ। पछि सरकारमा आएको हो। तर समाज परिवर्तनको पक्षमा म सधैं रहे। सबै हक अधिकार समानरुपले पाउन् भन्ने मेरो सोच थियो र छ पनि। पहिले गरेको थिएँ सायद, अहिले विसफूल थिकींग मात्र छ। युटोपियन भएरमात्र पुग्दैन, व्यवहारमा सबैको सेवा गर्नु नेतृत्वको सोच हुनुपर्दछ। धेरैले राजा महेन्द्रलाई निरकुशं भन्थे। यो विकराल अवस्था आएकोछ, कालोबजारी छ, जनताले सास्ती पाएका छन् यो के हो? मान्छे भएपछि भूल पनि हुन्छ तर त्यसलाई दोहोर्याउने होइन। जनताको जागरुकता आफ्नै गतिमा बढिरहेको छ, तर नेताहरुमा जनताको कदर गर्ने परम्परामा अहिले ह्रास आएको छ। यो एक्जाजेरसन होइन, अहिले नेपालमा जे विकास र गति देखिएको छ यसको फाउण्डेसन राजा महेन्द्र नै थिए। जति सुकै दलको सरकार बनेको होस्, देशको विकासमा कसैको ध्यान पुगेको छैन।
(भरखरै सार्वजनिक पुस्तक ‘अजेयराज सुमार्गी’को अंश। थाहा अध्ययन प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक निर्मलकुमार थापा र अरुणराज सुमार्गीले लेखेका हुन्।)