बलीउडकी नवोदित अभिनेत्री दिशा पटानीलाई बलीउड अभिनेता टाइगर श्राफकी गर्लफ्रेण्डको रुपमा चिन्ने गरेकोमा कुनै अफसोस छैन । दिशा पटानी केही महिनादेखी टाइगर श्राफसँगको रिलेशनशिपमा छिन् । दिशाको बलीउडमा अहिलेसम्म टाइगरकी गर्लफ्रेण्डको हिसाबले मात्र चर्चित छिन् । दिशाले सुशान्त सिंह राजपूतको फिल्म ‘एमएस धोनी : द अनटोल्ड स्टोरी‘ मा धोनीकी गर्लफ्रेण्डको भुमिका निर्वाह गरेकी छिन् । दिशा पटनीको यो भनाई छ कि टाइगरकै कारण पनि कम से कम मान्छेहरुले त चिन्छन् । उनी हालैमा टाइगर श्राफसँग एक म्यूजिक भिडियो ‘बेफिक्रा’ मा देखिएकी थिइन ।