बलीउडकी चर्चित अभिनेत्री राधिका आप्टेलाई फिल्ममा बोल्ड सीन दिन कुनै पनि अफ्ठ्यारो नलाग्ने बताएकी छिन् । राधिकाले लीना यादवको निर्देशनमा बनेको फिल्म पाच्र्डमा बोल्ड सीन दिएकी छिन् । राधिकाका अनुसार फिल्म पाच्र्डमा दिएको जस्तो दृश्य दिन उनलाई कुनै अफ्ठ्यारो लाग्दैन । राधिकाले भनिन्, ‘मलाई बोल्ड दृश्य गर्न कुनै अफ्ठ्यारो लाग्दैन । म वैश्विक सिनेमा हेरेरै ठूली भएकी हुँ र मैले निकै यात्रा गरेकी छु, त्यसैले मलाई यि सबलाई लिएर कुनै लज्जित महशुस हुँदैन ।’ फिल्म ‘पाच्र्ड’मा राधिकाको साथी कलाकार आदिल हुसैनको साथ अन्तरंग दृश्य अनलाइन लीक भएको थियो तर राधिकाका अनुसार यसले कुनै गाह्रो पार्दैन । राधिकाले अगाडी भनिन्, ‘मलाई के अनौठो लाग्छ भनेनी आफ्नो शरीरलाई लिएर अरुलाई किन लाज लाग्छ । म आफ्नो शरीरलाई एक माध्यमको द्धारा प्रस्तुत गर्ने गर्छु ।’