हाल प्रदर्शन भइरहेको बलीउडस्टार सलमान खान अभिनित चलचित्र ‘सुल्तान’ले हालसम्म भारतबाट मात्र २५० करोड माथीको व्यापार गरिसकेको छ । यो चलचित्रको ओभरसिज मात्र १५० करोड माथीको रहेको ट्रेड एनालिस्ट तरण आदर्शले जानकारी दिएका छन् । यस बर्षको ईदमा धमाकेदार व्यापार गरेपछि अहिले सलमान खानको चर्चा व्यापक छ । चलचित्र सुल्तान सफल भएपछि सलमानले एक भब्य पार्टी दिने बताइएको थियो तर उनले अब कुनै पनि पार्टी नदिने बताएका छन् । करियर, चलचित्र र पारिवारिक विषयमा आजतकले सलमान खानसँग लिएको अन्तर्वार्ता पढ्नुहोस् ।
१. चलचित्र सुल्तान सफल भयो । पार्टी दिनु हुन्छ होला नी ?
अहँ । मलाई पार्टी दिने अब सोख छैन । मैले पार्टी दिन पहिला देखी नै छोडिसकेको थिए । हामी अब पार्टी गर्दैनौ । यही कारणले नै हो अहिले हामी राम्रै फिल्म बनाइरहेका छौ ।
२.सुल्तानको जग घूमयाको डान्स स्टेप कसको थियो ?
अरबाजको थियो । उसले यसरी गर्दा राम्रो हुन्छ भनेपछि हामीले त्यही अनुसार गीतको स्टेप तयार पारेका थियौ ।
३. सुल्तानबाट अवार्डस् लिनका लागि तयार हुनुहुन्छ ?
पक्कै । चलचित्रका निर्देशक अली अब्बासले अवार्ड थाप्नेछन् ।
४. राजकुमार सन्तोषीको फिल्म कहिलेबाट सुरु गर्दैहुनुहुन्छ ?
अहिले स्क्रिप्टिंग भइरहेको छ । त्यसका लागि अझै समय बाँकी छ ।
५. के तपाई आफुमाथी बायोपिक बनाउन दिनुहुन्छ ?
अहँ, यो निकै मुश्किल हुन्छ । मेरो जिन्दगी निकै बोरिंग छ । म मेरो बायोपिक बनाउन परमिशन दिँदिन किनकी उक्त बायोपिक म आफैले लेख्नुपर्छ ।
६. तपाईले शाहरुख खानको रईसको ट्रेलर हेर्नुभयो ?
छैन । तर मैले रूस्तमको ट्रेलर हेरेको थिए निकै राम्रो लाग्यो । रितिक रोशनको चलचित्र मोहनजो दारोको गीत पनि राम्रो लाग्यो ।
७. सुल्तानबाट सबैभन्दा बेस्ट कोम्लिमेन्ट के मिल्यो ?
मान्छेहरुले मेरो लुक निकै मनपराएको पाएँ । मान्छेहरु ४-४ पटकसम्म चलचित्र हेर्न गएको देखें । यो सबैभन्दा कम्लिमेन्ट मिल्यो । प्रत्येक दिनको कलेक्शनबाट मेरो लागि दर्शकहरुले माया दर्शीएको छ ।
८. चलचित्रले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । यो देखेर कस्तो लागेको छ तपाईलाई ?
यो डाइरेक्टरको कमाल हो । उनकै मेहेनतले गर्दा नै आज हामीले यो सफलता हासिल गर्न पाएका हौ ।
९. तपाईलाई नम्बर १ सुपरस्टार भनेर चिनिन्छ । तपाईलाई चाहिँ कस्तो लाग्छ ?
मेरो आमाको नजरमा म नम्बर १ हुँ । मेरो लागि यही नै सबैभन्दा ठुलो कुरा हो ।
१० सञ्जय दत्तको बायोपिकमा तपाईको सहभागीता रहनेछ ?
सञ्जयको बायोपिक म बिना अधुरो छ ।
११. दशका दम अब कहिले देखी सुरु गर्नु हुन्छ ?
मौका मिल्यो भने फेरी पनि पक्कै गर्नेछु तर अहिले चाहिँ बिग बोसको नयाँ सिजन गर्न जादैछु । यस पटक बिग बोसमा आम मानिसको पनि सहभागीता रहने छ त्यसैले यो पटक निकै मुश्किल हुनेछ शो सञ्चालन गर्न । मान्छेलाई के लाग्छ भने सेलिब्रेटी मात्र बिग बोसमा सहभागी हुन पाउँछन् तर त्यसो होइन सेलिब्रेटी पनि कुनै दिन आम मानिस नै थिए । जब बिग बोसको घरबाट कोही आम मानिस निस्कन्छ त्यो सेलिब्रेटी बन्छ ।
१२. के तपाईको पिता तपाईको लागि स्क्रिप्ट लेख्नुहुन्छ होला ?
अहँ लेख्नुहुन्न । अहिले बुबा आर्टिकल लेख्दैहुनुहुन्छ । ट्विटरमा बढी समय विताउनु हुन्छ । मलाई सधै उहाँ खुसी भएको देख्न मन छ र उहाँलाई जसरी खुसी मिल्छ त्यो गर्न अनुरोध गर्छु ।
१३. तपाई पनि कुनै नयाँ स्क्रिप्ट लेख्दैहुनुहुन्छ ?
अहँ छैन । मसँग स्क्रिप्ट लेख्ने फुर्सद नै छैन ।
१४. के तपाई अरु एक्टर्सको पनि चलचित्र हेर्न पाउनु हुन्छ ?
व्यस्तताका कारण चलचित्र हेर्ने समय मिल्दैन । तर कोठामा भएको बेला टिभीबाट केही चलचित्र हेर्छु । पहिला मलाई रिमोटबाट टिभीको च्यानल बदल्न आउँदैन थियो ।
१५. अहिले चलचित्र रिलिज हुनुभन्दा अगाडी नै लिंक हुन्छ नी ?
हो, यो निकै नराम्रो काम हो । यो काम गर्ने चोर हुन । उनीहरु यस्ता व्यक्ति हुन जो कुनै काम गर्दैनन् । दोस्रोले गरेको कामबाट उनीहरु मुनाफा लिन्छन् । कोही व्यक्तिले मलाई भनेका थिए त्यस्ता व्यक्तिहरुलाई जेल सजाय हुनु पर्छ जसबाट अरु पनि सजक हुन्छन् । हामी सबै ईन्टरटेन्मेन्ट ट्याक्स् पनि तिर्छौ ।
नेपाली संस्करण : सिनेखबर डटकम (सम्पादक – मनिष अन्जान)