भारतीय अभिनेत्री प्रियंका चोपड़ाले अमेरिकाको न्यूयोर्कमा एक अर्पाटमेन्ट किनेकी छन् । फिल्म समीक्षक अनुपमा चोपडाले प्रियंकाको उक्त घरका केही तस्बिरहरु ट्विट गरेपछि यो बिषय बाहिर आएको हो । उनी आफ्नो शो ‘बिनिथ द सर्फेस’ को छायांकनका लागि प्रियंकाको न्यूयोर्कको अर्पाटमेन्टमा पुगेकी थिइन् । तर, प्रियंकाले हालै मात्र उनी पाँच वर्षका लागि न्यूयोर्कमा बस्ने भएको भन्ने कुरालाई अस्वीकार गरेकी थिइन् । हालैका दिनमा प्रियंका चोपडा अमेरिकामा उनको शो ‘क्वांटिको’ को दोस्रो सिजनको छायंकनमा व्यस्त छिन् ।