तीन महिनादेखी बलिउडमा सबैभन्दा चर्चामा छ, ‘बाहुबली–२’ को खबर । गएको बर्ष अनेकौं रेकर्ड बनाएको यो चलचित्रको अहिले सिक्वेल निर्माण भइरहेको छ । केहीअघि नै भनिएको थियो– ‘बाहुबली–२’ को सुटिङ सकियो । हैदरावादको रामोजी फिल्म सिटीमा भएको सुटिङबारे विभिन्न रिपोर्ट बने । तर, यसका निर्माता सोबु यारलागादाले फिल्मको सुटिङ नसकिएको बताएका छन् । उनले फिल्मको सुटिङ छिट्टै सक्ने योजना बनाइरहेको पनि बताएका छन् । त्यसैले, अब यसअघि तय गरेको समयमा ‘बाहुबली–२’ रिलिज नहुन सक्ने पनि बताइएको छ । त्यसमाथि भारतीय मिडियाले प्राथमिकताका साथ निर्देशक राजामौलीले फिल्मका ‘क्लाइमेक्स सिन’बाट खुसी नभएको खबर प्रसारण गरिरहेका छन् । यसले पनि ‘बाहुबली–२’ को रिलिज थप पछि सर्न सक्ने अनुमान छ ।