“व्युटिफुल उमन अफ बहराइन” मा नेपाली महिला उत्कृष्ट १० मा परेकी छन् । बिगत ८ वर्षदेखि बहराइनमा कार्यरत पर्वतकी इन्दिरा क्षेत्री बहराइनको चर्चित म्यागजिन बहाराइन कन्फिडेन्टलले आयोजना गरेको सुन्दरी प्रतियोगितामा छनौट भएकी हुन् । प्रतियोगिता दोश्रो पटक आयोजना भएको हो । प्रतियोगितामा बिभिन्न देशका महिला सहभागी छन् । इन्दिरालाई अर्को राउन्डमा छनौट हुन फेसबुकमा फोटो लाइक गर्नुपर्ने हुन्छ । बहराइन कन्फिडेन्सियल फेसबूकमा गएर कण्टेन्स्टेन नम्बर ८ मा गएर लाइक गर्न सकिन्छ । त्यसका लागि सेप्टेम्बर ३० सम्म समय तोकिएको छ। इन्दिरा बहराइनको नेपाली समाज तथा अन्तराष्ट्रिय कलाकार मञ्चकी सल्लाहकार पनि हुन् ।
उनलाई भोट गर्न यहाँ क्लिक गरेर लाइक गर्नुहोस् ।