हलीउड अभिनेत्री, फिल्मकार एन्जेलीना जोलीले विवाह भएको दुई बर्षपछि आफ्नो पति अभिनेता ब्राड पिटसँग सम्बन्ध विक्षेदको माग गर्दै अदालतमा डिभोर्स पत्र दर्ता गराएकी छिन् । यो खबर यि दुईका फ्यानहरुलाई दुखको खबर हो तर केही महिनादेखी पिट दाम्पतिको बैबाहिक सम्बन्ध राम्रो नभएको खबर धेरै पटक बाहिर आइसकेको थियो । ‘टीएमजेड’ को खबरका अनुसार ४१ बर्षकी अभिनेत्रीले गएको सोमबार कानूनी रुपमा सम्बन्ध विक्षेदको पत्र अदालतमा दर्ता गराएकी थिइन र उनीले बच्चाको रेखदेख गर्ने जिम्मेवारी पनि मागेकी छिन् ।
सम्बन्ध विक्षेदको पत्रमा एन्जेलीनाले न्यायाधीशसँग पिटलाई समय-समयमा बच्चासँग मिल्न समय दिन पनि माग गरेकी छिन् । यो जोडीको ६ जना बच्चाहरु छन्, जसमा तिन धर्मसन्तान ग्रहण गरिएको हो । एन्जेलीनाले १५ सेप्टेम्बर, २०१६ मा पिट र आफु अलग भएको बताएकी छिन् । हलीउडमा आदर्श जोडीको रुपमा चर्चा कमाएका एन्जेलीना र पिट विवाह बन्धनमा बाँधिनुभन्दा अगाडी १० बर्ष प्रेम सम्बन्धमा रहेका थिए । एन्जेलीना-पिटले अगस्त, २०१४ मा विवाह गरेका हुन् ।