‘जमाई राजा’ मा ‘रोशनी’ को रोल निभाएकी निया शर्मा २६ बर्षकी भएकी छिन् । १७ सेप्टेम्बरबाट उनी २६ बर्षमा लागेकी हुन् । आफ्नो जन्मदिनको अवसरमा उनले एक पार्टी पनि आयोजना गरेकी थिइन र बर्थडे पार्टीमा रवि दुबे, अनिता हसनन्दानी, क्रिस्टल डिसूजा, सुरभि ज्योति र अर्जुन बिजलानी जस्ता केही टिभी स्टारहरु उपस्थित भएका थिए । पार्टीमा नियासहित सबैले निकै मस्ती गरेका थिए । २०१४ मा जमाई राजा टिभी सिरियलमा जोडिएकी उनले यस बर्षबाट छोडेकी छिन् । ‘एक हज़ारों में मेरी बहना है’ बाट चर्चित बनेकी निया धारावाहिक ‘जमाई राजा’ मा रोशनीको भुमिकाबाट चर्चित बनेकी थिइन ।