बलिउड अभिनेत्री नरगिस फाकरी एक पारिवारिक कार्यक्रममा अहिलेसम्मकै सबैभन्दा बोल्ड अवतारमा देखिइन । सबैको वाहवाही कमाउने मनसाय बोकेर हरियो रङको निकै बोल्ड पहिरन लगाएकी नरगिसले प्रशंसाको साटो उल्टै आलोचना खेप्नुपर्यो । स्रोतका अनुसार टेलिभिजन कार्यक्रम ‘डान्स प्लस टु’ मा कोस्टार रितेश देशमुखसँग आफ्नो आउँदो फिल्मको प्रोमोसनका लागि उनी हरियो रङको वनपिस लगाएकी थिइन्, जसमा उनको बक्षस्थल स्पष्ट रुपमा देख्न सकिन्थ्यो ।
पारिवारिक कार्यक्रम भएका कारण सेटमा उपस्थित सहायक निर्देशकहरुले नारगिसलाई उक्त पहिरन परिवर्तन गर्नको लागि आग्रह गरे । उनले आफ्नो ड्रेस परिवर्तन गर्न मानिनन् । तर पछि निर्देशकले उनीमाथि हस्तक्षेप नै गर्नुपर्यो । अगाडि भागमा निकै खोलिएको पहिरनमा केही परिवर्तन नगरेसम्म कार्यक्रम सुटिङ गर्न नसकिने सहायक निर्देशकहरुले नरगिसलाई स्पष्ट पारे । पहिरनका कारण विवाद बढ्ने देखेपछि अन्ततः नरगिसले त्यसमा पिन लगाएकी थिइन् ।