तामिलस्टार रजनीकान्तसँग ‘कबाली’ मा देखिएकी राधिका आप्टे आफुलाई कहिलेपनि स्टार ठान्ने नगरेको बताएकी छिन् । ‘मलाई लाग्दैन कि म स्टार हुँ,’ ३१ वर्षीया अभिनेत्रीले भनिन्, ‘त्यसको लागि यात्रा कठिन छ । तर पूरा गरेरै छाड्नेछु । मलाई लाग्छ, स्टारको त्यो यात्रा बल्ल सुरु भएको छ । र, मलाई त्यसका लागि लामो यात्रा गर्नु छ ।’ राधिकाले सन् २००५ मा पहिलो हिन्दी फिल्म ‘वाह, लाइफ हो तो ऐसा’ बाट डेव्यू गरेकी थिइन् । अहिले उनले अभिनय गरेको चलचित्र ‘पच्र्ड’ रिलिजको तयारीमा रहेको छ । लिना यादवले निर्देशन गरेको फिल्म अजय देवगणको ब्यानरले बनाएको हो । यो चलचित्र गत वर्ष नै टोरन्टो फिल्म फेस्टिभलमा विशेष प्रिमियरसमेत गरिएको थियो । यस्तै उनले केही दिन अगाडी मात्र चलचित्रमा बोल्ड सीन दिन कुनै पनि अफ्ठ्यारो नलाग्ने बताएकी थिइन । राधिकाका अनुसार चलचित्र पाच्र्डमा दिएको जस्तो दृश्य दिन उनलाई कुनै अफ्ठ्यारो लाग्दैन । राधिकाले लीना यादवको निर्देशनमा बनेको चलचित्र ‘पाच्र्ड’ मा बोल्ड सीन दिएकी छिन् ।