बलिउड अभिनेत्री सुरबिन चावलाले प्रदर्शनीको तयारीमा रहेको आफ्नो फिल्म ‘पाच्र्ड’को प्रचारका लागि मुम्बईमा सोमबार आयोजित पत्रकार भेटघाटमा पहिरनले धोका दिएपछि निकै लज्जित हुनु परेको छ । मेचमा बस्ने क्रममा सुरबिनले लगाएको पहिरन ‘वान पिस’ तलबाट कम्मरसम्म च्यातियो । सुरुमा उनले आफ्नो कपडा च्यातिएको थाहा पाइनन् । सो दृश्य देखेर लज्जित भएका पत्रकारले उनलाई उठेर आफ्नो इज्जत जोगाउन आग्रह गरेपछि सुरबिन मेचबाट उठिन् । त्यतिबेला एक पत्रकारहरूले उनको सो दृश्य नखिच्न आफ्ना साथीहरूलाई आग्रह गरेपछि अरूले खिच्ने काम रोकेका थिए ।
च्यातिएको भागलाई तत्कालै हातले छोप्दै सुरबिन त्यहाँबाट भागिन् । यसरी लज्जास्पद हुने गरी वानपिस च्यातिएपछि सुरबिनले पत्रकारलाई फिल्ममा आफ्नो भूमिकाबारे जानकारी दिन पनि भ्याइनन् । उनी महिला साथीको सहयोगमा तत्कालै अर्को कपडा लगाउन कार्यक्रम स्थलबाट घरतर्फ लागिन् । लीना यादव निर्देशित यो फिल्मका तीन अभिनेत्रीहरू राधिका अप्टे, सुरबिन चावला र तनिष्ठा चटर्जी यो पत्रकार भेटघाटमा थिए ।