हलिउड अभिनेता, निर्माता तथा निर्देशक मेल गिब्सनले आफू ९ औं सन्तानको पिता बन्न लागेको बताएका छन् । उनकी प्रेमिका लोजिन्ड रोसबाट उनी ९ औ पटक बाबु बन्न लागेका हुन्। गिब्सनकी पहिलो पत्नीबाट उनलाई १ छोरी तथा ६ छोरा रहेका छन्। उनका ३ नातिनातिना समेत छन्। उनी पहिले पत्नीसँग सन् २००६ मा छुटिएका थिए। वर्तमानकी प्रेमिकाबाट पनि उनका १ सन्तान जन्मिसकेका छन्। ६० वर्षे अभिनेता म्याड म्याक्स, दि प्यासन अफ क्राइस्ट, द बाउन्टी, ब्रेभहार्ट जस्ता फिल्मका लागि चर्चित छन्।