बलिउड नायिका जिया खानको तीन वर्ष पहिले आत्महत्याको विषयले अहिले नयाँ मोड लिएको छ । एक बेलायती फोरेन्सिक विशेषज्ञले भर्खरै सार्वजनिक गरेको रिपोर्टमा जियाको आत्महत्यामा षड्यन्त्र भएको बताएको छ । रिपोर्टका अनुसार जियाको गर्घन र अनुहारको निशानाले स्पष्ट बयान गर्दछ कि यो साधारण आत्महत्याको विषय होइन । बेलायती विशेषज्ञ ज्यासन पेन जेम्सद्वारा बनाइएको यो रिपोर्ट भारतीय विशेषज्ञको भन्दा निकै भिन्न छ । एक समाचार एजेन्सीका अनुसार पछिल्लो वर्षको डिसेम्बरमा जाँच एजेन्सीले सूरज पंचोलीमाथि जियाको आत्महत्याको लागि उक्साएको भन्दै आरोप लगाइएको थियो । ब्रिटिश जाँच सर्भिसले जियाको मेडिकल, पोस्टमार्टम रिपोर्ट, जियाको शवको फोटो र सिसिटिभी फुटेज र सीसीटिभी फुटेज आदिको जाँच गरेका थिए ।