असोज २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘किस्मत २’ मा नायिका शिल्पा पोख्रेलले आफु दृष्टिविहीन यूवतीको भुमिकामा रहेको खुलाएकी छिन् । छविराज प्रोडक्शनको व्यानरमा बनेको चलचित्र ‘किस्मत २’ को भुमिकाको विषयमा खुलाउँदै शिल्पाले एक दृष्टिविहीन यूवतीको संघर्ष, प्रेमको कथालाई चलचित्रमा देखाइएको पनि बताइन । छविराज प्रोडक्शनको व्यानरमा निर्माण भएको चलचित्र ‘लज्जा’ बाट डेव्यू गरेकी शिल्पाले त्यसपछि सोही व्यानरमा निर्माण भएको चलचित्र ‘हवल्दार सुन्तली’ मा काम गरेकी थिइन ।
‘किस्मत २’ मा समोबश ‘तिम्रो पिक्चर हिट’ र ‘आकाशबाट झरेकी अप्सरा’ बोलको गीतले नेपाली बजार राम्रै तताइरहेको अबस्थामा ट्रेलरले अझ चलचित्रलाई प्रतिक्षित बनाइरहेको छ । चलचित्रमा शिल्पाका अलवा पृथ्वीराज प्रसाई र किशोर खतिवडाको मुख्य भुमिका रहेको छ । ऋषि लामिछानेले निर्देशन गरेको यो चलचित्रलाई छविराज ओझाले निर्माण गरेका हुन् । चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद, दिजेन्द्र शाक्यको निर्माण, मदनकाश्यप घिमिरेको छायांकन, अर्जुन पोख्रेलको संगीत, रामजी लामिछाने र कमल राइको नृत्य निर्देशन, चन्द्र पन्तको एक्सन रहेको छ ।