२०६९ सालमा प्रदर्शनमा आएको ‘सायद’ को सिक्वेलको रिलिज मिति घोषणा गरिएको छ । मुस्ताङमा गीतको छायाँकन सकिएपछि निर्माण कम्पनी दुर्गिस फिल्मसले चलचित्रको रिलिज मिति घोषणा गरेको हो । चलचित्रकी निर्मात्री दुर्गिस थापाका अनुसार चलचित्र ‘सायद २’ चैत ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ । यसअघि निर्माणपक्षले चलचित्र ‘सायद २’ मंसीर ३ गते रिलिज हुने बताएको थियो । निर्मात्री दुर्गिश थापाले दशैं र तिहारको कारण चलचित्रको काममा अवरोध हुने भएपछि रिलिज मितिलाई चैत्रमा पु¥याइएको बताइन ।
सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, निशा कार्की, रुविना श्रेष्ठ, बुद्धिलाल तामाङ सहित निर्माता सुनिल रावलको चलचित्रमा मुख्य भुमिका रहेको छ । चलचित्रलाई पुष्पराज तिम्लिसनाले निर्देशन गरेका हुन । हाल सम्पादन कार्य चलिरहेको ‘सायद २’ लाई उपत्यकामा डीसीएन र मोफसलमा एफडीले वितरण गर्दैछ । ‘सायद २’ मा इश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माताको रुपमा रहेका छन् भने हेमदेव गौतम र कृष्ण प्रधान सह-निर्माता रुपमा छन् ।