चलचित्र ‘द फेमस’ को टीजर सार्वजनिक भएको छ । आगामी कार्तिक १९ गतेबाट देशव्यापी रुपमा प्रदर्शन हुने यो चलचित्रले यस अघि एक एनिमेशन गीतलाई सार्वजनिक गरेको थियो । सार्वजनिक टीजर २० सेकेण्ड लामो छ । जसमा सेन्मिेन्टल लभस्टोरी देखाईएको छ । टीजरमा एनिमेशन गरिएको केही दृश्यहरु देख्न सकिन्छ । सार्वजनिक टिजरमा सविना कार्की, सुरवि जैन विष्ट, सोनिया जि आर, सुमन थापा, प्रमोढ खड्का, रश्मी भट्ट र सुरेश चौधरी देखिएका छन् । द फमेसलाई संचारकर्मी तथा निर्देशक समीर बलामीले निर्देशन तथा निर्माण गरिएको हो । चलचित्र बलामी फिल्म ईन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको हो । अशोक कार्कीले खिचेको फिल्ममा बाबु बलामीको द्धन्द, सन्तोष प्रगाद र टंक बुढाथोकीको संगीत, मधुकर बलामीको एनिमेशन, सुरेश चौधरी र सुधिर श्रेष्ठको नृत्य, सुरेश चौधरीको सम्पादन रहेको छ । फिल्मका अर्का निर्माता अनिल महर्जन हुन् । यो चलचित्रसँग ‘जात्रा’ र ‘द विनर’ एकसाथ प्रदर्शनमा आउँदैछ ।