केही दिन अगाडी मात्र बलीउड अभिनेत्री एन्जेलीना जोलीले अभिनेता ब्राड पिटसँग सम्बनध विक्षेद गरेको खबरले चर्चा पाइरहेको अबस्थामा अर्को चर्चीत सेलिब्रिटी जस्टिन बीबरको पनि सोफिया रिचीसँग ब्रेकअप भएको बताइको छ । वेबसाइट ‘टिएमजेड’ का अनुसार गायक लियोनेल रिचीकी छोरी सोफीया र वीबरले आफ्नो सम्बन्ध गएको अगस्टमा सार्वजनिक गरेका थिए । सोफीयाले आफ्नो जन्मदीन मेक्सिकोमा मनाएकी थिइन् । तर, छुट्टि सकिए लगत्तै यिनीहरुको सम्बन्ध पनि सकिएको बताइएको छ । खुल्लेआम सेक्स गरेकै कारण यो जोडी केही महिना अघि ठुलो चर्चामा रहेको थियो । १८ सेप्टेम्बरमा भएको कार्यक्रममा सोफीया एक्लै देखिएकी थिइन् । गोप्य स्रोतका अनुसार यिनीहरु आजकल बोल्न पनि छोडिसेकका छन् भने बीबर अर्कै युवतीलाई डेट गर्न थालेका छन् ।