पछिल्लो समय बलिउडका कलाकारहरुको नेपाल आगमन बढ्दै गएको छ । केही दिन अगाडी मात्र बलीउड अभिनेता शत्रुघन सिन्हा नेपाल आएर फर्किसकेको अबस्थामा बलिउड अभिनेत्री उर्वशी रौटेला यही १४ असोजमा काठमाडौं आउने भएकी छिन् । युहान इन्टरनेशनल इभेन्टस्को निम्तामा उनी दुई दिनका लागि काठमाडौं आउन लागेकी हुन् । युहान इन्टरनेशनल इभेन्टसले सोही दिन साँझ मोडल क्वेस्ट इन्टर नेशलन नेपाल, सिजन–२’ आयोजना गर्दैछ ।
राजधानीका त्रिपुरेश्वर स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको एनेक्स ‘बी’मा तयार गरिएको भव्य ¥याम्पमा बलिउड अभिनेत्री उर्बसीले क्याटवाक गर्नेछिन् । ‘मोडल क्वेस्ट इन्टरनेशलन नेपाल, सिजन–२’ मा उबर्सी मुख्य सो स्टपरको रुपमा प्रस्तुत हुनेछिन् । युहान इन्टरनेशनल इभेन्टसका प्रबन्ध निर्देशक सानु खानका अनुसार मोडल क्वेस्ट इन्टर नेशलन नेपाल, सिजन–२ मा युवा र युवती गरी ४० प्रतियोगी छन् ।
बलिउडको ‘सनम रे’, ‘सिंह साव द ग्रेट’, ‘ग्रेट ग्राण्ड मस्ती’, ‘भाग जोनी’, दक्षिण भारतको ‘मिस्टर इराबाटा’ जस्ता फिल्मकी अभिनेत्री उर्वसी चर्चित मोडल पनि हुन् । सोही कारण पनि ‘मोडल क्वेस्ट इन्टर नेशलन नेपाल, सिजन–२’मा सो स्टपरको रुपमा उबर्सीलाई बोलाईएको खानले बताए । बलिउड ¥यापर हनी सिंहको ‘लाभ डोज…’ र ‘गल बन्गई…’ जस्ता गीतको भिडियोमा मोडलिङ गरेकी उर्बसी यी गीतको भिडियोका कारण पनि पछिल्लो समय चर्चामा छिन् । २०१५ मा मिस यूनिभर्स र मिस दिभाको उपाधी समेत जितेकी उनले अनिल शर्माको एक्शन-रोमान्स फिल्म ‘सिंह साव द ग्रेट’ बाट डेव्यू गरेकी हुन् ।