असोज २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘सुब्बा साब’ को नयाँ गीत रिलिज भएको छ । ‘किन किन’ बोलको सार्वजनिक गीतमा मिलन अमात्यको स्वर रहेको छ भने शर्मिला न्यौपानेको शब्द र मनोहर सुनामको एरेन्ज रहेको छ । सार्वजनिक गीतमा गोविन्द प्रभातको कोरियोग्राफी रहेको छ । आशुतोष फिल्मस् प्रोडक्सन प्रालि र शुभ सक्षम म्युजिक प्रालिको व्यानरमा निर्माण भएको चलचित्र ‘सुब्बा साब’ मा राजु अधिकारीको निर्देशन छ । निर्देशक अधिकारीले चलचित्रले निजामती कर्मचारी सुब्बाको इमान्दारिता र राष्ट्र सेवा अनि सन्तान प्रतिको माया र दायित्वलाई प्रस्तुत गरेको बताए ।
हिरामणि न्यौपानेको प्रस्तुतिमा तयार भएको चलचित्रमा जीवन लुँइटेल, सरोज खनाल, गौरी मल्ल, वर्षा शिवाकोटी र जानवी बस्नेतलगायतको अभिनय छ । चलचित्रमा रामबहादुर कोइरी, कुलचन्द्र पाण्डे, जीवन अर्याल र रामु अधिकारीको लगानी छ । चलचित्रमा हिरामणि न्यौपानेको कथा र संगीत, शर्मिला न्यौपानेको गीत, कमल राई र गोविन्द्र प्रभातको नृत्य, सञ्जय तुम्रुक, डेबिट, अञ्जु पन्त, मिलन अमात्य र संयोग योगीको स्वर, सुवास देवकोटाको सम्पादन, मौनता श्रेष्ठको पटकथा तथा संवाद र पवन गौतमको छायांकन छ ।