रियलिटी स्टार किम कार्दशियनको निकै हट फोटोशुटका तस्बिरहरु बाहिर आएका छन् । उनले हट फोटोशुट आफ्ना श्रीमान कान्येसँग गरेकी छिन् । ‘Harper’s Bazaar’ म्यागजीनको लागि गरिएको फोटोशूटमा केही तस्बिरहरु कलर छन् भने केही ब्ल्याक एण्डड व्हाइट। यो फोटोशूट म्यागजीनको सेप्टेम्बर इश्यूको लागि गरिएको हो । यसभन्दा पहिला पनि किम कयौ पटक म्याजीन्सको कभर गर्ल बनिसकेकी छिन् । यसभन्दा पहिलाा पनि किमले श्रीमानसँग हट फोटोशुट गरेकी थिइन । एक फोटोमा किम बेडमा सुतिरहेकी छिन् भने केन्येमाथिबाट फोटो लिइरहेका छन् । एक अर्को फोटोमा यो जोडी आफ्नो आफ्नो सेल्फी लिँदै गरेको देखिएको छ । म्यागजीनको कभर पेजमा यो जोडी एकअर्कालाई किस गर्दै गरेको देखिएका छन् । किमले यि फोटोहरु इन्स्टाग्राम अकाउन्टमा शेयर गरेकी छिन् ।