नायिका नन्दिता केसी अहिले अमेरिकामा छिन् । गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘कैफियत’ पछि उनीद्धारा अभिनित कुनै पनि चलचित्र अब प्रदर्शन हुन बाँकी छैन । अगातार आफु अभिनित चलचित्र असफल हुनु, चलचित्रबाट अफर नआउनुले नन्दिता अब विस्तारै नेपाली चलचित्र छोडेर पलायन हुने मनसायमा छिन् । नेपालमा रहँदा एउटा पनि चलचित्रबाट अफर नभएपछि उनी एक कार्यक्रमको शिलशिलामा गएको बर्ष अमेरिका हानिएकी थिएन् । त्यसयता उनी नेपालभन्दा बढी अमेरिकामा नै बस्दै आइरहेकी छिन् । केही दिन अगाडी मात्र आफ्नो जन्मदिन मनाएकी नन्दिता अहिले अमेरिकामा नै छायाँकन भइरहेको एक नेपाली चलचित्रमा व्यस्त छिन् । ईश्वर थापा मगरले निर्देशन गरिरहेको चलचित्र ‘अमेरिकन बाबू मेड ईन नेपाल’ मा नन्दिताले अहिले काम गरिरहेकी छिन् । नन्दिताको अलवा चलचित्रमा नव नायक ईशान ढकालको मुख्य अभिनय रहेको छ ।
चलचित्रमा प्रबेश उप्रेती पल, प्रियंका अएर, कृस्स थापा र राजेश गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । शम्भु मोक्तानको छायाँकन रहेको यो चलचित्रमा कथा, पटकथा र द्वन्द सुरेन्द्र नकर्मीको रहेको छ । चलचित्र अमेरिकन बाबू मेड ईन नेपालमा सम्झना उप्रेती, शलिना श्रेष्ठ र केदारप्रशाद पराजुलीको लगानी रहेको छ । निर्देशक थापाका अनुसार यो चलचित्रको सम्पूर्ण सुटिङ अमेरिकाको न्यू योर्क शहरमा गरिने छ भने झण्डै ६५ हजार डलर निर्माण लगानी रहने छ । निर्माणपक्षले दिएको जानकारी अनुसार यो चलचित्र २०१७ को सुरुवातमा नेपाल र विदेशमा प्रदर्शन गरिनेछ । चलचित्रले अमेरिकामा बसोबास गर्ने नेपालीहरुले नेपालप्रति गर्ने माया देखाउनेछ ।