ब्राड पिट र एन्जोलिना जोलीको डिभोर्स भएको खबरले अहिले सञ्चारमाध्यमहरु खुबै तातेका छन् । ब्राड र एन्जोलिनाको डिभोर्स हुनुको मुख्य कारण फ्रेन्च अभिनेत्री मारियन कोटिलार्ड रहेको खबरले पनि अहिले राम्रै चर्चा पाइरहेको छ । केही दिन अगाडी अमेरिकी एक अनलाइनमा प्रकाशित खबर अनुसार ब्राड पछिल्लो समय मारियनसँग लागेपछि जोलीले डिभोर्स मागेकी थिइन । प्रकाशित समाचारमा मारियन गर्भवती रहेको र गर्भमा रहेको बच्चाका बाबु ब्राड भएको सम्मका खबर थियो । यस्ता समाचार प्रकाशित भएपछि मािरयनले यसबारेमा आफ्नो मुख खोलेकी छन्। इन्स्टाग्रामबाट उनले आफू गर्भवती भएको तर जोली र ब्राडको सम्बन्धविच्छेदमा आफ्नो कुनै भूमिका नरहेको बताएकी छन्।